Thursday 1st October 2026

गजल -राज श्रेष्ठ


सुन्दा खबर अविस्वासिलो हुरी चले झैं भयो।
नेपाली साहित्य जगतको मियो ढले झैं भयो।

रोए अक्षर र शब्द आज, रोएका छन् कृतिहरु,
रुँदैछन् नेपाली जनहरु, मन यो गले झैं भयो।

लाग्यो आज धस्यो धरा फाट्यो यो मनको गरा,
चुँड्दा प्राण हजुरको दैवले ढाँटे छले झैं भयो।

राखी चितामा जलाउँदा, त्यो पार्थिव देहलाई?
नेपाली साहित्यको सिङ्गो घर नै जले झैं भयो।

अश्रुले धोई चरणकमल त्यो दिँदा श्रद्धाञ्जली,
बाल्दा दिप कविको नाउँमा आत्मा बले झैं भयो।

-राज श्रेष्ठ
हेटाैंडा, नेपाल
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...