Sunday 5th May 2024

केहि मन छुने मुक्तकहरू -राम भण्डारी


रातभर सुत्नै सकिएन मन दुःखेको छ ।
दिनभर उठ्नै सकिएन तन दुःखेको छ ।
मेचि देखि माहाकाली रोईरहेको बेला
पाउ टेक्नै सकिएन झन झन दुःखेको छ ।

सगरमाथा चढ्ने सिंढी कस्तो होला अब ।
फेरि आउने नयाँ पिंढी कस्तो होला अब ।
कसरी कट्ने होला जिवन धान्नै मुस्किल
छानो बिना चिसो छिंढी कस्तो होला अब ।

मेरो ईच्छा बिना यहाँ बोल्नुपर्छ भन्दिन म ।
मनका कुरा मेरो सामु खोल्नुपर्छ भन्दिन म ।
सुख खोज आफैं भित्र खुसी आफ्नै लागि
तिम्रो जिबन जोखिममा मोल्नुपर्छ भन्दिन म ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो युवाले यो देशको गरिमा र शान बढाउन पर्ने हो   नेपाल आमाको मुहारमा मुस्कान…

प्रतिकृयाहरू
...