Friday 2nd October 2026

नेपाल सरकारद्वारा चार्टर उडान तत्कालको लागि स्थगित


तितोपाटी – सरकारले विदेशमा रहेका नागरिक उद्धारका लागि तय भइसकेका चार्टर उडान तत्कालको लागि स्थगित गरेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले नेपालमा कोभिड-19 को संक्रमण कायमै रहेको, स्थानिय तहहरूले निषेधित गर्ने क्रम बढ्दो रहेको र विदेशबाट फर्किने नागरिकको लागि क्वारेन्टाइनको ब्यावस्था नभइसकेको भनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्राचार गरेपछि सरकारले अर्को सूचना नभएसम्म तत्कालको लागि  चार्टर उडान स्थगित गरेको हो ।

सरकारले यस अघि मन्त्रिपरिषदको बैठक बसि  विदेशमा अलपत्र नागरिकलाइ  चार्टर उडान मार्फत नेपाल ल्याइ त्यसरी फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।

क्वारेन्टाइनको सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गर्न सीसीएमसीको पत्रमा अनुरोध गरिएको छ । उडान स्थगित भएपछि दूतावासहरुले समेत उडान स्थगन भएको सूचना निकालेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

प्रतिकृयाहरू
...