मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्। तीमध्ये एउटा मिसाइल यूएई बाहिर खसेको भने अर्को देशको समुद्री क्षेत्रमा खसेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानले मिसाइलहरू समुद्री यातायातलाई लक्षित गरि प्रहार गरिएको देखाएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…
मालीको एक अदालतले सैन्य सरकार (जुंटा) को आलोचना गरेका चर्चित पत्रकार मोहम्मद युसुफ बाथिली (रास बाथ) र सामाजिक अभियन्ता रोकिया डुम्बिया लाई ७ वर्ष कैद सजाय सुनाएको छ। उनीहरूलाई आपराधिक षड्यन्त्र र राज्यको बदनाम गरेको आरोपमा दोषी ठहर गरिएको हो। दुवै जना सन् २०२३ देखि हिरासतमा रहेका थिए। अभियोजन पक्षले…
अमेरिकाले उत्तर-पश्चिमी सिरियाको इदलिब प्रान्तमा रहेको एक सैन्य हवाई अड्डामा भएको इसराइली हवाई आक्रमणको कडा आलोचना गर्दै यसलाई “अनावश्यक तनाव बढाउने” कदम भनेको छ। सिरिया र इराकका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत टम ब्यारेकले वाइट हाउसको धारणा सार्वजनिक गर्दै सैन्य कारबाहीको साटो वार्ता र संवादलाई प्राथमिकता दिन सबै…
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई दिनभित्र सार्न आदेश दिएको छ। अदालतले उनको उपचारका लागि विशेष मेडिकल बोर्ड गठन गर्न पनि निर्देशन दिएको छ। अदालतले अस्पतालमा रहँदा खानलाई परिवारका सदस्यसँग भेट्न तथा विदेशमा रहेका उनका छोरासँग…
रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको आरोप लगाएको छ। रूसी दूतावासले लन्डनको बढ्दो संलग्नताको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। यसैबीच, बेलायतले युक्रेनको समर्थन जारी रहने बताउँदै रूसी आक्रमणविरुद्ध युक्रेनसँग “काँधमा काँध मिलाएर” उभिने जनाएको छ। पछिल्ला…
हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एक जहाज अज्ञात क्षेप्यास्त्रको प्रहारमा परेर इन्जिन कक्षमा क्षति पुगेको र एक चालक दल सदस्य घाइते भएको बेलायती समुद्री व्यापार सञ्चालन एजेन्सी (UKMTO) ले जनाएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको समझदारीपत्र (MoU) को म्याद सकिएपछि त्यसलाई नवीकरण नगर्ने र इरानले "आत्मसमर्पणको सेतो झण्डा उठाउनुपर्ने" बताएका…
युक्रेनले रूसी ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न प्रयोग गर्ने अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक अवरोधक मिसाइल (इण्टरसेप्टर) लगभग सकिएको जनाएको छ। युक्रेनी अधिकारीहरूले केही प्याट्रियट लन्चरहरू हप्तौंयता प्रयोग गर्न नसकिएको बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार देशलाई अमेरिकी भण्डारको करिब ५ प्रतिशत बराबर इण्टरसेप्टर आवश्यक भए पनि हाल…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई युद्ध अन्त्य गर्न ‘आत्मसमर्पणको सेतो झण्डा उठाउन’ आग्रह गरेका छन्। अमेरिका र इरानबीच भएको ६० दिने समझदारी (MoU) को समयसीमा सोमबार समाप्त भएपछि ट्रम्पको यस्तो कडा अभिव्यक्ति आएको हो। ट्रम्पले इरानसँगको वार्ता अझै पूर्ण रूपमा बन्द नभएको संकेत गर्दै आफू हतारमा नरहेको बताएका छन्। उनले…
भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी भक्तजन घाइते भएका छन्। प्रहरीका अनुसार मन्दिर परिसरमा विद्युत् पोल खसेर केही व्यक्ति करेन्टको सम्पर्कमा आएपछि त्रास फैलिएको थियो, जसले भागदौडको अवस्था सिर्जना गरेको प्रारम्भिक अनुमान…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई ठूलो मात्रामा घटाउन पेन्टागनलाई निर्देशन दिएको बताएका छन्। उनले आइतबार Truth Social मा यस्तो घोषणा गरेका हुन्। ट्रम्पले अभ्यास पूर्ण रूपमा रद्द गर्न अहिले ढिला भइसकेको भन्दै आफू अमेरिकाले यसमा सहभागी हुने निर्णयप्रति खुसी नरहेको बताएका छन्। उनले…
![]()