Monday 21st September 2026

पाकिस्तानी हवाई आक्रमणमा ३ जनाको मृत्यु, अफगानिस्तानमा तनाव बढ्ने संकेत


पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमण बाट कम्तीमा तीन जनाको मृत्यु भएको छ। यस घटनापछि दुई देशबीचको सम्बन्ध फेरि तनावपूर्ण बन्न सक्ने चिन्ता बढेको छ।

पाकिस्तान र अफगानिस्तानबीच यसअघि फेब्रुअरीमा पनि ठूला झडप भएका थिए। त्यसपछि करिब तीन महिनादेखि अवस्था केही शान्त रहे पनि पछिल्लो हवाई आक्रमणले फेरि तनाव चर्किने संकेत देखिएको छ।

पाकिस्तानले अफगानिस्तानको भूमिबाट सशस्त्र समूहले सीमा पार गरी आफ्ना क्षेत्रमा आक्रमण गर्ने गरेको आरोप लगाउँदै आएको छ। यही कारणले सुरक्षा कारबाही आवश्यक परेको पाकिस्तानको भनाइ छ। तर अफगानिस्तानले भने आफ्नो भूमिमा रहेका समूहलाई समर्थन गरेको आरोप अस्वीकार गर्दै आएको छ।

विश्लेषकहरूका अनुसार पछिल्लो घटनाले दुई छिमेकी देशबीचको सम्बन्धमा थप जटिलता ल्याउन सक्छ र सीमावर्ती क्षेत्रको सुरक्षा अवस्थालाई पनि प्रभावित पार्न सक्छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक…

उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। करिब तीन घण्टाको अन्तरमा भएका…

प्रतिकृयाहरू
...