Tuesday 10th November 2026

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन न्यूयोर्क जाँदै


प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघ महासभाको सामान्य बहस (General Debate) लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले आफ्नो सम्बोधनमा नेपालका प्राथमिकता, जलवायु परिवर्तन, दिगो विकास र अन्तर्राष्ट्रिय सहकार्यका विषय उठाउने अपेक्षा गरिएको छ।

न्यूयोर्क भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नेछन्। भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्य तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ।

यता, परराष्ट्रमन्त्री शिशिर खनाल भने उच्चस्तरीय बैठक, विभिन्न कार्यक्रम तथा द्विपक्षीय वार्तामा सहभागी हुन सेप्टेम्बर २० मै न्यूयोर्क पुगिसकेका छन्। उनले विभिन्न देशका मन्त्री र अधिकारीहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा अन्य वरिष्ठ सरकारी अधिकारीहरू सहभागी छन्। भ्रमण पूरा गरी प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्कने कार्यक्रम रहेको छ।


सम्बन्धित शीर्षकहरु

१० नोभेम्बर २०२६ | अन्तर्राष्ट्रिय राजनीति / इजरायलमा बेन्जामिन नेतान्याहुको सरकार विस्थापित गर्ने उद्देश्यसहित नयाँ सरकार गठनको प्रयास गरिरहेका पूर्वसैनिक…

कतारका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग इरानसम्बन्धी विषयमा गरेको छलफलमा सकारात्मक तथा महत्त्वपूर्ण प्रगति भएको बताएका…

आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्हः पूजा गरी हर्षोल्लासका साथ नयाँ वर्ष…

प्रतिकृयाहरू
...