Monday 26th October 2026

फ्रान्स र क्यानडाले बलियो बनाए रणनीतिक साझेदारी


फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा उनी क्यानडाका प्रधानमन्त्री मार्क कर्नी सँग भेट गर्ने कार्यक्रम रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले क्यानडालाई अमेरिकाको “५१औँ राज्य” बनाउने अभिव्यक्ति दिएपछि फ्रान्स र क्यानडाबीचको सहकार्यलाई विशेष महत्वका साथ हेरिएको छ।

फ्रान्स र क्यानडाले स्वतन्त्रता, लोकतन्त्र, कानुनी शासन तथा राष्ट्रिय सार्वभौमिकताको साझा मूल्यमा आधारित सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तीन दिन लामो यो भ्रमणलाई उत्तर अमेरिकामा फ्रान्सको ऐतिहासिक उपस्थिति र बढ्दो भू-राजनीतिक प्रतिस्पर्धाको सन्दर्भमा महत्वपूर्ण मानिएको छ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...