तितोपाटी- अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोना भाइरसविरुद्ध बनाएको अर्को खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ । बेलायत सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ । बेलायतमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो…
तितोपाटी- बेलायतमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोना भाइरसबाट ६ जना भारतीय पनि संक्रमित भएको पुष्टि गरिएको छ । ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए। भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ। भारतले गत साता अन्य देशजस्तै…
तितोपाटी- सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो । उनलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन…
तितोपाटी- बेलायतमा कोरोना भाइरसको नयाँ र बढी संकमक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानलाई अस्थायी रूपमा स्थिगित गर्ने निर्णय गरेको छ । बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो । 'बेलायतको कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई…
हरी कृष्ण न्यौपाने - कुवेत सरकारले आज डिसेम्बर २१,२०२० सोमबार बेलुकी ११ बजेबाट लागू हुने गरी जनवरी १,२०२१ सम्मका लागि सबै नाकाहरु बन्द गर्ने भएको छ। कुवेत आउने र कुवेतबाट बाहिरिने सबै उडानहरु स्थगित गरिने छ भने सामुन्द्रिक र सडक मार्गबाट समेत कुवेत आउन-जान बन्द गरिने छ। कुवेत सरकारका प्रवक्ता तारिक…
तितोपाटी- सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि नेपालका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले नेपाली नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा…
विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह प्रतियोगिताको टप थ्री मा पुगेर रनर अप भएका छन् भने ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को उपाधि बेलायती सेफ आलेक्स वेवले जितेका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा सन्तोषले मास्टर सेफ को…
तीतोपाटी - चीनको चाङ्ग इ-५ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ। उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १:३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो। अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष पछि चन्द्रमाको सतहबाट चिनिया अन्तरिक्ष यानले…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा जम्मा ७३६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना…
तीतोपाटी -अस्ट्रेलियाले कोभिड–१९ विरुद्धको खोप परीक्षण रोकेको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्ड र बायोटेक कम्पनी सीएसएलले संयुक्त रूपमा निर्माण गरिरहेको खोपको प्रतिक्रिया नकारात्मक देखिएपछि परीक्षण रोकिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार परीक्षणका क्रममा उक्त खोपले एचआईभी पोजिटिभको नतिजा दिएको थियो । अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणका लागि निर्माण गरिरहेको यो पहिलो खोप…
![]()