Tuesday 30th April 2024

इन्डियन आइडलमा मेनुका पौडेलको नायक रणबिर कपुरले पाउ छुदै गरे प्रशंसा


 

तितोपाटी-बलिउड अभिनेता रणवीर कपूरले नेपाली गायिका मेनुका पौडेलको पाउ छोएका छन् । भारतमा जारी इन्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भनेर प्रशंसा गर्दै पाउ छोएको भिडियोमा देख्न सकिन्छ ।
चलचित्र ‘एनिमल’ प्रचारका लागि रणवीर अभिनेत्री रश्मिका मन्दानाका साथ इण्डियन आइडलमा पुगेका थिए । मेनुकाले ‘अगर तुम साथ हो’ भन्ने गीत गाएकी थिइन् ।रणवीरले आफ्नो नाम बताउँदै मेनुकाको गायकीको प्रशंसा गरेका हुन् । उनले आर्शीवाद लिन चाहेको भन्दै निहुरिएर उनको पाउ छोएको विषयको अहिले चर्चा भइरहेको छ । मेनुकाले यतिबेला इन्डियन आइडलमा धमका मच्याइरहेकी छन् । उनले धमकेदार प्रस्तुति दिँदै जजहरूको मन जित्दै आएकी छन् ।

 


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...