Monday 12th October 2026

इन्डियन आइडलमा मेनुका पौडेलको नायक रणबिर कपुरले पाउ छुदै गरे प्रशंसा


 

तितोपाटी-बलिउड अभिनेता रणवीर कपूरले नेपाली गायिका मेनुका पौडेलको पाउ छोएका छन् । भारतमा जारी इन्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भनेर प्रशंसा गर्दै पाउ छोएको भिडियोमा देख्न सकिन्छ ।
चलचित्र ‘एनिमल’ प्रचारका लागि रणवीर अभिनेत्री रश्मिका मन्दानाका साथ इण्डियन आइडलमा पुगेका थिए । मेनुकाले ‘अगर तुम साथ हो’ भन्ने गीत गाएकी थिइन् ।रणवीरले आफ्नो नाम बताउँदै मेनुकाको गायकीको प्रशंसा गरेका हुन् । उनले आर्शीवाद लिन चाहेको भन्दै निहुरिएर उनको पाउ छोएको विषयको अहिले चर्चा भइरहेको छ । मेनुकाले यतिबेला इन्डियन आइडलमा धमका मच्याइरहेकी छन् । उनले धमकेदार प्रस्तुति दिँदै जजहरूको मन जित्दै आएकी छन् ।

 


सम्बन्धित शीर्षकहरु

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

कुवेत, १२ अक्टोबर। साउदी अरबका विमानस्थलमा भएका घातक आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले साउदी अरब र यमनबीच संवाद सहजीकरण…

प्रतिकृयाहरू
...