Thursday 5th March 2026
साहित्य
Image

वर्ण-१७ विश्राम-६,४,७ नसमरसला, ग: षडेवेदै-र्हयैर्हरिणी मता । हरबखतमा उड्दै गर्ने चरा जसरी यहाँ अलमल बिना फत्ते गर्ने जुनै सपना जहाँ झटपट गरी धन्दा आफ्नो पुरा नगरी ढिलो तपसिल बुझी आनाकानी बिना छिनमै हिँड्यो ।१।🌷🙏🌺 अकपट सदा आशावादी बनेर उचाइमा सफल जगमा हामी देख्छौँ अनेक सवालमा समय धनको साथी जानौँ सदैव…

Image

गजल अर्कान : १२२२.२१२-१२२२.२१२ बहर: मुजारे महजुफ काफिया:अन/अन् रदिफ : कुनै उनी बोल्दा लाग्दथ्यो गरौँ आन्दोलन कुनै । जिताएथ्यौँ भोटले मिल्यो आश्वासन कुनै ।। गरे शासन देशमा फिरे आफ्नै भेषमा न हाम्रो भो मानितो न भो अवलोकन कुनै । कमाएका छन् उनै रमाएका छन् उतै मुसो भण्डारे हुँदा टिकेनन् शासन…

Image

सूर्यले बाँड्दछन चन्द्रमा बाँड्दछन् वायु ती सभ्य छन दानका भक्त छन् अग्नि ती देख्दछौ दानका सारथि दानले देवता बन्दछन् पौरखी ।१।🌷🙏🌺 सूर्य हुन् देवता चन्द्रमा देवता अग्नि हुन् देवता वायु ती देवता दानको मान्यता दानले भव्यता दानको पालना गर्दछन् देवता ।२।🌷🙏🌺 सूर्यको पुञ्जमा योगले एकता योगले अग्निको देख्दछौँ मान्यता वायुको…

Image

तिम्रो दिलमा बस्नु छ घर देऊ प्यारा । मलाई तिम्रो नाम अनि थर देऊ प्यारा ।। माटोलाई ढुङ्गा भएझैं ढुङ्गालाई माटो एक यस्तै विस्वासको भर देऊ प्यारा । सकीदैन भन्न सङ्गै मरिन्छ बाचिन्छ जीवनभरी नछुटिने सफर देऊ प्यारा । लाग्छ परेली नझिम्काई एकनासै हेरिरहु यहि मीठो पलको एक नजर देऊ…

Image

अस्तित्व आफ्नो उसले चितायो आमोद आफ्नै घरमा बसायो साथित्व तोड्यो उसले फसायो आक्रोश पोख्यो अरुको बितायो ।१।🌷🙏🌺 आचार यस्तो उसले सिकायो व्यक्तित्व उस्तै दलमा घुसायो भ्रातृत्व मार्‍यो छलको पुजारी मातृत्व घाती घरको शिकारी ।२।🌷🙏🌺 पाण्डित्य,छाँट्यो शुरुमा अचाक्ली सर्वस्व गुम्दा जनता बिचल्ली आफन्त मात्रै उसका भकुल्ला आशक्त उस्तै बनका बकुल्ला ।३।🌷🙏🌺…

Image

हिंसाको बदला हिंसा, हिंसाको महिमा बढ्यो झगडा हट्नुको सट्टा, अचाक्ली लोकमा गर्‍यो ।१।🌷🙏🌺 घृणाको बदला घृणा, घृणाले चेतना मर्‍यो घृणाको लोकमा हावी, घृणाको गरिमा चढ्यो ।२।🌷🙏🌺 बदला बदला भन्दा बदला रुखमा चढ्यो टुटेन बदला चक्र, लम्बिँदै अझ त्यो गयो ।३।🌷🙏🌺 महाभारतको युध्द, शकुनी बदला लिँदा घृणाको बदला माया, घृणाको औषधी…

Image

गजल सुन्दर हाम्रो पाल्पाली गाउँ आएर हेर्नू है । सलल बग्ने त्यो चिसो पानी खाएर हेर्नू है ।। श्रीनगर डाँडा कुहु कुहु कोइलीको स्वरमा स्वरैमा मिलाई सुरिलो भाका गाएर हेर्नू है । घन्किन्छ जब डम्फू र मादल साँल्दाइको आँगन, बारुले कम्मर एकचोटि मर्-काएर हेर्नू है । सुस्केरा हाली त्यो सल्लाघारी…

Image

आनन्द कता चाहिन्छ यता जनले खोजेका मनका व्यथा आनन्द साथ भनौँला भनेका आफूले लिन आनन्द पछि दौडेका लखेट्दै आनन्द लुक्छन् कुनामा कतै भेट्दैनन् पटक्कै।१।🌷🙏🌺 आफूले मात्र आनन्द लिँदा अरुको छेकिन्छ लोकमा सबै आनन्द पछि दौडेको देखिन्छ दुनियाँ लाग्छ आनन्द पछि पागल तरह बेहोरा पनि देखिन्छ उस्तै दानव सरह ।२।🌷🙏🌺 नेताले…

Image

लोभ, स्वार्थ, घमण्ड, पाप, एकरती डाहा छैन। खान लाउन पुगोस् तर अरू कुनै चाहा छैन । कैले सुख कैले दुःख, हुँदो रैछ जिन्दगीमा, कहाँ कति बेला कसलाइ के हुने हो थाहा छैन । टल टल गरि सानू टाढै बाट टल्कि दिने, नम्बरी सुन झैं माया, भित्र कुनै लाहा छैन ।…

Image

चञ्चल चपलताको भावमा शैल टाकुरामा ढपक्कै ढाकिएको श्वेत हिम भाष्करको स्वर्णिम स्नेह प्रगाढालिङ्गनले पुलकित रोमाञ्चित भई भरर्र हर्हराएका श्रमजलको थोपा थोपाको सम्मिश्रणबाट नि:सृत छ नदी कहिले बुल्क्याहा बनेर बुलिङ् देखाउँदै कहिले धीर शालीन निर्मलपनमा सर्पिल सर्कलमा रमाउँदै पर्ण अनि वृक्षका जरामा धराका गरामा अमृत छर्न उद्यत छ नदी सीमा रेखाका…