Tuesday 27th October 2026

मीरा ज्ञवालीको गजल संग्रह – १


गजल
अर्कान : १२२२.२१२-१२२२.२१२
बहर: मुजारे महजुफ
काफिया:अन/अन्
रदिफ : कुनै

उनी बोल्दा लाग्दथ्यो गरौँ आन्दोलन कुनै ।
जिताएथ्यौँ भोटले मिल्यो आश्वासन कुनै ।।

गरे शासन देशमा फिरे आफ्नै भेषमा
न हाम्रो भो मानितो न भो अवलोकन कुनै ।

कमाएका छन् उनै रमाएका छन् उतै
मुसो भण्डारे हुँदा टिकेनन् शासन कुनै ।

लुटे जाली छल गरी फुटे आफू कल गरी
सुनायौ बेथा कथा फुकेनन् बन्धन कुनै ।

अझै आऊ भन्दछन् विरोधी भै मार्गमा
लिई आशा साथमा भुली उत्पीडन कुनै ।

-मीरा ज्ञवाली
बुटवल, लुम्बिनी प्रदेश ।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...