Thursday 27th August 2026

मीरा ज्ञवालीको गजल संग्रह – १


गजल
अर्कान : १२२२.२१२-१२२२.२१२
बहर: मुजारे महजुफ
काफिया:अन/अन्
रदिफ : कुनै

उनी बोल्दा लाग्दथ्यो गरौँ आन्दोलन कुनै ।
जिताएथ्यौँ भोटले मिल्यो आश्वासन कुनै ।।

गरे शासन देशमा फिरे आफ्नै भेषमा
न हाम्रो भो मानितो न भो अवलोकन कुनै ।

कमाएका छन् उनै रमाएका छन् उतै
मुसो भण्डारे हुँदा टिकेनन् शासन कुनै ।

लुटे जाली छल गरी फुटे आफू कल गरी
सुनायौ बेथा कथा फुकेनन् बन्धन कुनै ।

अझै आऊ भन्दछन् विरोधी भै मार्गमा
लिई आशा साथमा भुली उत्पीडन कुनै ।

-मीरा ज्ञवाली
बुटवल, लुम्बिनी प्रदेश ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...