Sunday 8th November 2026

तस्बिर वा डेटा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्रसारण गर्न कडाइका साथ निषेध


मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको बताएका छन्। सोमबार जारी विज्ञप्तिमा उनले देशको सुरक्षा कमजोर पार्ने कुनै पनि आक्रामक वा शत्रुतापूर्ण गतिविधिलाई सामना गर्न सेना, प्रहरी, राष्ट्रिय गार्ड र अग्नि सेवासहित सम्पूर्ण सुरक्षा संरचना तयार अवस्थामा राखिएको उल्लेख गरे।

उनले इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि उत्पन्न क्षेत्रीय अवस्थालाई ध्यानमा राख्दै कुवेती हवाई क्षेत्र उल्लङ्घन प्रयास भएको संकेत पनि गरेका छन्। साथै सबै सरकारी निकायहरूले सार्वजनिक सेवाहरू अविच्छिन्न रूपमा सञ्चालन गर्न २४ घण्टा काम गरिरहेको र नागरिक तथा बासिन्दाको आवश्यकतामा कुनै असर नपर्ने व्यवस्था गरिएको बताएका छन्।

मन्त्री शेख फहादले जनतालाई शान्त रहन, आधिकारिक निर्देशनको पालना गर्न र सूचना केवल सरकारी स्रोतबाट मात्र लिन आग्रह गरे। वर्तमान क्षेत्रीय घटनासम्बन्धी कुनै पनि अपुष्ट जानकारी, तस्बिर वा डेटा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्रसारण गर्न कडाइका साथ निषेध गरिएको उनले चेतावनी दिए।

उनले नागरिक वा बासिन्दामा आतंक फैलाउने, वा पुष्टि नभएको समाचार फैलाउने कार्य कानुनी कारबाहीको दायरामा पर्ने स्पष्ट गर्दै सुरक्षा र स्थिरताका लागि जनचेतना र जिम्मेवार व्यवहार आवश्यक रहेको उल्लेख गरे।


सम्बन्धित शीर्षकहरु

काठमाडौं। भारतीय सेनाको अग्निपथ योजनामा गरिएको महत्त्वपूर्ण परिवर्तनपछि भारतीय सेनामा नेपाली गोर्खा युवाको भर्ती पुनः सुरु हुन सक्ने विषयले नेपालमा…

रियाद। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद तथा पूर्वी प्रान्तलाई लक्षित गरी प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी अरबको हवाई प्रतिरक्षा…

मस्कट। ओमानको समुद्री तटनजिकै एउटा व्यापारिक जहाजमाथि भएको आक्रमणमा एक भारतीय नाविकको मृत्यु भएको छ। जहाजमा सवार अन्य १३ जना…

प्रतिकृयाहरू
...