Friday 25th September 2026

“खामेनीको शुद्ध रगतको बदलामा” कारबाही गरिएको -हेज्बुल्लाह


यदि ईरान ले बेलैमा घुडा टेकेन भने मध्यपूर्वमा क्षेत्रिय युद्ध धेरै टाढा छैन । साईप्रस मा भएको युके को सैन्य आधार सिभिरमा आक्रमण गरेर ईरान ले खुला युद्धको निम्ता दिईसकेको छ । मध्यपूर्वका देशहरुमा ईरानको लगातारको आक्रमणले साउदी रिसाएको छ । उसले आफ्ना सैनिकहरुलाई ईरानको हरेक हमलाको प्रतिकार र प्रतिउत्तर का लागि निर्णय लिने छुट दिई सकेको छ ।

लेबनानको शिया सशस्त्र समूह हेज्बुल्लाह ले आइतबार राति इजरायलमाथि मिसाइल र ड्रोन प्रहार गरेको जनाएको छ। समूहले उक्त आक्रमण इरानका सर्वोच्च नेता अली खामेनी को हत्याको “बदला” स्वरूप गरिएको दाबी गरेको हो।

समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रतिरोध नेतृत्वले सधैं जोड दिएको छ कि इजरायली आक्रमणको निरन्तरता र हाम्रा नेताहरू, युवाहरू र जनताको हत्याले हामीलाई आफ्नो रक्षा गर्ने तथा उपयुक्त समय र स्थानमा प्रतिक्रिया दिने अधिकार दिन्छ।”

यसैबीच इजरायली रक्षा सेना ले बेरुतको दक्षिणी उपनगरसहित लेबनानभर हेज्बुल्लाह लक्षित संरचनामाथि तीव्र हवाई आक्रमण सुरु गरेको जनाएको छ।

हेज्बुल्लाहले लेबनान र त्यहाँका जनताको रक्षाका साथै बारम्बार भइरहेका इजरायली आक्रमणको प्रतिक्रियामा इजरायलमाथि आक्रमण गरिएको दाबी गर्दै “खामेनीको शुद्ध रगतको बदलामा” कारबाही गरिएको उल्लेख गरेको छ।

लेबनानबाट प्रक्षेपित क्षेप्यास्त्र र ड्रोनका कारण उत्तरी इजरायलका विभिन्न क्षेत्रमा साइरन बजेको इजरायली अधिकारीहरूले बताएका छन्। इरानमा अमेरिकी र इजरायली आक्रमण सुरु भएयता लेबनानी भूमिबाट भएको यो पहिलो प्रहार भएको बताइएको छ।

यस घटनाप्रति प्रतिक्रिया दिँदै लेबनानी प्रधानमन्त्री नवाफ सलाम ले दक्षिणी लेबनानबाट गरिएको प्रहार “गैरजिम्मेवार र देशको सुरक्षालाई खतरामा पार्ने शंकास्पद कदम” भएको टिप्पणी गरेका छन्।

स्मरणीय छ, इजरायल र हेज्बुल्लाहबीच २०२४ मा अमेरिकाको मध्यस्थतामा युद्धविराम भएको थियो, जसले एक वर्षभन्दा बढी समयदेखि जारी सीमा द्वन्द्व रोकिएको थियो। तर त्यसयता दुवै पक्षले एक–अर्कामाथि उल्लङ्घनका आरोप लगाउँदै आएका छन्।

मध्यपूर्वमा तेहरानको प्रमुख सहयोगीमध्ये एक मानिने हेज्बुल्लाहले शनिबार इरानसँग ऐक्यबद्धता व्यक्त गरे पनि प्रत्यक्ष युद्धमा प्रवेश गर्ने वा नगर्ने विषयमा स्पष्टता दिएको थिएन।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...