Friday 9th October 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह भाग -४


लोभ, स्वार्थ, घमण्ड, पाप, एकरती डाहा छैन।
खान लाउन पुगोस् तर अरू कुनै चाहा छैन ।

कैले सुख कैले दुःख, हुँदो रैछ जिन्दगीमा,
कहाँ कति बेला कसलाइ के हुने हो थाहा छैन ।

टल टल गरि सानू टाढै बाट टल्कि दिने,
नम्बरी सुन झैं माया, भित्र कुनै लाहा छैन ।

राम्रो पहुँच, शक्ति, पैसा, भए फटाहा नि पुज्ने,
कलियुगमा राम्रो काम गर्नेलाइ वाह छैन ।

अन्याय र अत्याचारको विरूद्धमा सधैं भरी,
ट्वार ट्वार गरि कराउने यो देशमा पाहा छैन ।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गाउँपालिका – ८
सुनखानी दोलखा


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...