Friday 30th October 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह भाग -४


लोभ, स्वार्थ, घमण्ड, पाप, एकरती डाहा छैन।
खान लाउन पुगोस् तर अरू कुनै चाहा छैन ।

कैले सुख कैले दुःख, हुँदो रैछ जिन्दगीमा,
कहाँ कति बेला कसलाइ के हुने हो थाहा छैन ।

टल टल गरि सानू टाढै बाट टल्कि दिने,
नम्बरी सुन झैं माया, भित्र कुनै लाहा छैन ।

राम्रो पहुँच, शक्ति, पैसा, भए फटाहा नि पुज्ने,
कलियुगमा राम्रो काम गर्नेलाइ वाह छैन ।

अन्याय र अत्याचारको विरूद्धमा सधैं भरी,
ट्वार ट्वार गरि कराउने यो देशमा पाहा छैन ।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गाउँपालिका – ८
सुनखानी दोलखा


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...