Monday 21st September 2026
Ads
Image

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयको बैठकले पीडित परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता, प्रहरी कल्याण कोषबाट लिएको ऋण मिनाहा तथा सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको हो। साथै, परिवारका इच्छुक एक सदस्यलाई सीपमूलक…

Image

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र सुरक्षाका लागि संवादलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँगको भेटमा दुवै नेताले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक समाधान आवश्यक रहेकोमा जोड दिएका छन्। भेटका क्रममा चीन र…

Image

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल सागर किनारका पर्यटकीय सहर दहाब र नुवेइबा जोड्ने राजमार्गमा भएको हो। बसमा ४३ जना सवार थिए, जसमध्ये २२ जना जोर्डनका नागरिक रहेका थिए। मृत्यु हुनेमध्ये १० जना जोर्डनका नागरिक रहेको…

Image

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको नाकाबन्दी कडा बनाएको बताउँदै हालसम्म ८६ वटा व्यावसायिक जहाजको मार्ग परिवर्तन गराएको, ३ वटा जहाज निष्क्रिय बनाएको र २ वटा जहाजमा निरीक्षण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक…

Image

नेपाल–चीन सीमामा हिमताल फुटेर आएको विनाशकारी बाढीमा परी हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२०० भन्दा बढी मानिस अझै बेपत्ता छन्। उद्धार टोलीहरूले अहिले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका हुन सक्ने करिब ९०० कामदारको खोजी गरिरहेका छन्। सुरुङभित्र हावा, खाना र पानी भएको हुन सक्ने भएकाले त्यहाँ मानिसहरू जीवित रहेको…

Image

वैदेशिक रोजगारीका लागि सन् २०२२ मा कुवेत पुगेका दुर्गा बहादुर खड्का लामो समयदेखि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि परिवारले सरोकारवाला निकाय तथा नेपाली समुदायसँग सहयोगको अपिल गरेको छ। उदयपूर घर भइ काठमाडाैं बस्दै अाएका खड्का कुवेत पुगेको पहिलो हप्तामै आफू कार्यरत कम्पनीबाट बाहिरिएका थिए। त्यसपछि उनी काममा नगएपछि सम्बन्धित कम्पनीले…

Image

प्रधानमन्त्री बालेन शाहले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत र पुनर्स्थापनाका कामलाई तीव्र रूपमा अघि बढाएको बताएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले हालसम्म करिब १२ हजार जनाको उद्धार गरिएको, प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा अस्थायी आवासको व्यवस्था गरिएको र पूर्वाधार पुनःस्थापनाको काम जारी रहेको जानकारी दिए।…

Image

अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज र आफ्ना सैनिकमाथि भएको कथित इरानी गतिविधिको जवाफ भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले थप जवाफ दिए अझ कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। त्यसपछि इरानले “कडा…

Image

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को सहयोगमा सो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । राजदूतावासले जारी गरेको सूचनाअनुसार शिविर १८ सेप्टेम्बर २०२६, शुक्रबार का दिन Metro Medical Care, Khaitan मा हुनेछ। शिविर बिहान ७…

Image

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू डोजर प्रयोग गरेर भत्काइएको बताइएको छ। यसैबीच, केही इजरायली बस्तीवासीहरूले प्यालेस्टिनी गाउँमा प्रवेश गरेर स्थानीय बासिन्दामाथि आक्रमण गरेको समाचार आएको छ। संयुक्त राष्ट्रसंघले पनि पश्चिम किनारामा हिंसाका घटना बढ्दै गएको…