Monday 12th October 2026

अर्थशास्त्रतर्फको २०२६ नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल वुडफोर्डलाई


अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने नयाँ आर्थिक मोडेल विकास गरेबापत २०२६ को नोबेल अर्थशास्त्र पुरस्कार प्रदान गरिएको छ।

स्विडेनको रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले सोमबार उनीहरूलाई पुरस्कार प्रदान गरेको घोषणा गरेको हो। उनीहरूको अनुसन्धानले व्यक्तिहरू र व्यवसायहरूले भविष्यको अपेक्षाका आधारमा निर्णय गर्ने तरिका अध्ययन गर्दै सरकार र केन्द्रीय बैंकलाई प्रभावकारी आर्थिक नीति बनाउन सहयोग पुर्‍याएको बताइएको छ।

स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक हल र कोलम्बिया विश्वविद्यालयका प्राध्यापक वुडफोर्डले पुरस्कार रकमस्वरूप जनही ६० लाख स्विडिस क्रोनर प्राप्त गर्नेछन्। अर्थशास्त्र पुरस्कारसँगै यस वर्षको नोबेल पुरस्कार शृंखला सम्पन्न भएको छ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

प्रतिकृयाहरू
...