Sunday 8th November 2026

हुथी आक्रमणपछि रियाद विमानस्थल बन्द


यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि स्थगित गरेको छ। हालसम्म आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

साउदी सरकारले हुथी आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ भने संयुक्त राष्ट्रसंघले थप सैन्य तनावले क्षेत्रीय संकट गहिरिने भन्दै संयमता अपनाउन आग्रह गरेको छ।

यसैबीच, यमनको ताइज शहरमा हुथीहरूले घेराबन्दी कडा बनाएका छन्, जहाँ पछिल्लो २४ घण्टामा ६० भन्दा बढी व्यक्तिको ज्यान गएको बताइएको छ। चीन, बेलायत, अमेरिका लगायतका देशहरूले पनि साउदीमाथिका आक्रमणको निन्दा गरेका छन्।

https://www.france24.com/en/middle-east/20261012-live-saudi-arabia-extends-suspension-of-operations-at-riyadh-airport-after-deadly-houthi-attacks


सम्बन्धित शीर्षकहरु

आगामी नोभेम्बर २० तारिख आयोजना हुन लागेको पूर्वेली टाइगर गोल्डकप–२०२६ सफल बनाउन झापाली समाज कुवेतले ८२ कुवेती दिनार (केडी) आर्थिक…

तेहरान । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास जारी रहेकै बेला इरानको क्यूशम टापुमा दुईवटा क्षेप्यास्त्र खसेको खबर…

तेहरान । अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किन सक्ने आशंकाबीच अमेरिकी अधिकारीले इरानी सर्वसाधारणलाई सतर्क रहन चेतावनी दिएका छन्।…

प्रतिकृयाहरू
...