Sunday 11th October 2026

टर्कीमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, २७ घाइते


टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। दुर्घटना अखिसार नजिकको राजमार्गमा भएको हो।

स्थानीय प्रशासनका अनुसार दुर्घटनापछि उद्धार टोली, प्रहरी र एम्बुलेन्सहरू तत्काल घटनास्थलमा खटिएका थिए। घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ।

दुर्घटनामा संलग्न बस बुर्साबाट इज्मिरतर्फ जाँदै थियो। घटनापछि बस चालकलाई अस्पतालबाट डिस्चार्ज गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

टर्कीका अधिकारीहरूले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै सडक सुरक्षा नियमको कडाइका साथ पालना गर्न सबैलाई आग्रह गरेका छन्।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...