तितोपाटी - आज फागुन ७ गते ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा विशेष समारोहको आयोजना गरिएको थियो । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सहभागी थिए ।…
तितोपाटी - ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बाबुले मद्यपानको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ। आइतबार बालिका बलात्कारको जाहेरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम…
तितोपाटी - लाखौँको घुस प्रकरणमा मुछिएपछि आयुक्त पदबाट राजीनामा दिएका राजनारायण पाठकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडाैँले अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरेको छ। अख्तियारका प्रवक्ता रामेश्वर दंगालले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेर पाठकविरुद्ध अनुसन्धान सुुरु गरिएको बताए। कानून अनुसार पाठकमाथि कारवाही गर्न सबै तिर कुरा उठिरहेको बेला अख्तियारले…
तीतोपाटी-क्रेजी ईन्टरटेनमेन्टको प्रस्तुति चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा कलाकारहरु अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु र अन्यलाई फिचर्ड गरिएको छ । चलचित्रको ट्रेलर हेर्दा चलचित्रको कथा माया, प्रेम,कमेडी ,विछोडलाई ध्यान दिएर तयार पारिएको छ । चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको छ । चलचित्र ’पुरानो बुलेट’को यहि…
तीतोपाटी- भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ । उनीहरुलाई पूर्वी नाकाबाट स्वदेश फर्काइदैँछ । मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीकाे जिम्मा लगाएका थिए। माइती नेपालका अध्यक्ष विश्वराम खड्कासहितको टोलीले मानव बेचविखनको…
तीतोपाटी- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयुक्तको पदबाट राजीनामा दिएका राजनारायण पाठकमाथि छानबिन गर्ने नगर्ने बारे महान्यायाधीवक्ता कार्यालयसँग राय माग गरेको छ। स्रोतका अनुसार पाठकको मुद्दा अघि बढाउन संविधानमा स्पष्ट व्यवस्था आफूले नदेखेपछि अख्तियारले महान्यायाधीवक्ता कार्यालयसँग राय मागेको हो। ‘पाठकको मुद्दा अघि बढाउन संवैधानिक र कानुनी व्यवस्था के के छन् भन्नेबारे…
तीतोपाटी-अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट अहिलेका चर्चित गायक तथा सर्जक गायक अमृत खातीले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ मा उत्कृष्ट गायकको अवार्ड प्राप्त सफल भएका छन् । हिमालयन इभेन्टस प्रा.लि.र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त अयोजनामा वेस्ट्रन प्लस होटेल दोहा, कतारमा सम्पन्न गरेको कार्यक्रममा विषम गौतमको शब्द सिर्जु अधिकारीको सङ्गीतमा रहेको…
तीतोपाटी-दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईको उपचारको क्रममा सोमबार निधन भएको छ । गत माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिकै उनी सवार ना १ झ १६३३ नम्बरको स्कर्पियो जीप दुर्घटनामा परेको थियो ।…
तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आबेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्करणमा उल्लेख गरेको छ। अमेरिकाको अनुरोधमा जापानले ट्रम्पको नाम सिफारिस गरेको बताइएको छ। गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको महत्वपूर्ण शिखर सम्मेलन गरेपछि ट्रम्पको नाम…
तितोपाटी - बलिउड अभिनेत्री अमिशा पटेलविरुद्ध मुरादाबादको एक इभेन्ट कम्पनीले ठगी मुद्दा दर्ता गरेको छ। अमिशामाथि पैसा लिएर कार्यक्रममा सहभागी नभएको आरोप लगाइएको छ। उनीसँगै अन्य चारजनाविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। खबरअनुसार घटना १६ नोभेम्बर २०१६ को हो। मुरादाबादमा ड्रिम भिजन इभेन्ट मेनेजमेन्ट कम्पनी सञ्चालन गर्ने पवन बर्माको आरोप छ कि…
![]()