Sunday 1st November 2026

आज ६९ औं प्रजातन्त्र दिवस


तितोपाटी – आज फागुन ७ गते ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा विशेष समारोहको आयोजना गरिएको थियो । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सहभागी थिए ।

समारोहमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सलामी अर्पण गरेको थियो भने राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र राणाले शान्तिको कामना गर्दै सेतो परेवा उडाएका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक रङमा रङ्गिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने बताउनुभएको छ । मौलिक विधि अपनाएर नेपालले द्वन्द्व व्यवस्थापन लगभग सम्पन्न गरेको जनाउँदै द्वन्द्व व्यवस्थापनको सन्दर्भमा आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको बताए । प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ध्येयका साथ आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वयनमा केन्द्रित भएको समेत प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यसअघि नेपाली सेनाका हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो भने सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट मार्चपास गरिएको थियो । उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ–आफ्ना संस्कृति झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...