Sunday 23rd August 2026

आज ६९ औं प्रजातन्त्र दिवस


तितोपाटी – आज फागुन ७ गते ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा विशेष समारोहको आयोजना गरिएको थियो । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सहभागी थिए ।

समारोहमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सलामी अर्पण गरेको थियो भने राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र राणाले शान्तिको कामना गर्दै सेतो परेवा उडाएका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक रङमा रङ्गिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने बताउनुभएको छ । मौलिक विधि अपनाएर नेपालले द्वन्द्व व्यवस्थापन लगभग सम्पन्न गरेको जनाउँदै द्वन्द्व व्यवस्थापनको सन्दर्भमा आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको बताए । प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ध्येयका साथ आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वयनमा केन्द्रित भएको समेत प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यसअघि नेपाली सेनाका हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो भने सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट मार्चपास गरिएको थियो । उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ–आफ्ना संस्कृति झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

भेनेजुएलाको राजधानी काराकासमा उष्णकटिबन्धीय मौसमी प्रणाली (ट्रपिकल वेभ–४०) का कारण शनिबार परेको भीषण वर्षाले व्यापक बाढी निम्त्याएको छ। एल भाले…

प्रतिकृयाहरू
...