Sunday 6th September 2026

अख्तियारका आयुक्त पाठक माथि शुरू भयो अनुसन्धान


तितोपाटी – लाखौँको घुस प्रकरणमा मुछिएपछि आयुक्त पदबाट राजीनामा दिएका राजनारायण पाठकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडाैँले अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरेको छ। अख्तियारका प्रवक्ता रामेश्वर दंगालले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेर पाठकविरुद्ध अनुसन्धान सुुरु गरिएको बताए। कानून अनुसार पाठकमाथि कारवाही गर्न सबै तिर कुरा उठिरहेको बेला अख्तियारले औपचारिक रुपमै अनुसन्धान सुुरु गरेको छ। प्रवक्ता दंगालले भने,‘पाठकमाथि लागेको घुस प्रकरणको विस्तृत अनुसन्धान गठित समितिले सुरु गरेकाे छ।’

अख्तियारले महान्यायाधिवक्ताको कार्यालयसँग परामर्श गरी अनुसन्धान सुुरु गरेको स्रोतले बताएको छ। अख्तियारले सोमबार महान्यायाधिवक्ता कार्यालयसमक्ष मुद्दा कसरी चलाउने भन्ने विषयमा राय माग गरेको थियो। महान्यायाधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढाउन सक्ने राय दिएको दिएपछि अख्तियारले अनुसन्धान कमिटी गठन गरेकाे हाे।

नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा उनले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको…

प्रतिकृयाहरू
...