Sunday 2nd August 2026

दुर्घटनामा घाइते बाराका प्रजिअको उपचारको क्रममा निधन


तीतोपाटी-दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईको उपचारको क्रममा सोमबार निधन भएको छ ।

गत माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिकै उनी सवार ना १ झ १६३३ नम्बरको स्कर्पियो जीप दुर्घटनामा परेको थियो ।

उपचारका लागि काठमाडौँ ल्याइएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल प्रशासन प्रमुख सूर्य प्रसाद अधिकारीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईंले सोमबार दिउँसो भट्टराईको निधन भएको पुष्टि गरे ।

उक्त दुर्घटनामा सशस्त्र प्रहरी बलको १२ नम्बर गणका प्रहरी उपरीक्षक बलराम पोखरेलको दुर्घटनास्थलमा नै निधन भएको थियो ।

यता, भट्टराईको परिवारले भने दुर्घटना नियोजित भएको आरोप लगाएका छन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

प्रतिकृयाहरू
...