मान्छेहरुले मौरीको मह चोरे पनि । के सक्थे र कला चोर्न घारै फोरे पनि। बिरालो कैल्यै बाघ बन्न सक्दैन हजुर शत्रुहरुलाई पञ्जाले चिथोरे पनि । सहिदको ज्यानको क्षतिपूर्ति हुन्न कहिल्यै परिवारको मासिक खर्च व्यहोरे पनि । भावीले लेखेको भाग्य बदल्न सकिन्न आफैले हातमा भाग्यरेखा कोरे पनि । धर्मिला कार्की चिसङ्खुगढी-३,…
चारैतिर शान्तिको बीउ छरम जस्तो लाग्यो । नमेटिने मायाको रङ्ग भरम जस्तो लाग्यो । रातभरी जुनतारा दिउँसो न्यानो घाम बनी, आकाशबाट धर्ती माथि झरम जस्तो लाग्यो । भए जति मेरो खुशी, सबै उपहार दिइ, तिम्रो सारा पिडाहरू हरम जस्तो लाग्यो । हिमाल पहाड तराईमा दुःख सुख साट्दै जिन्दगीको यात्रा सँगै…
म्रभ्नैर्यानां त्रयण्, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺 पाखण्डीले सतायो हरपल भुवनमा साधुमा बज्रपात खैलाबैला आसाध्यै खलबल जगमा चालमा पक्षपात सोझासाझा दुखेका कुटपिट गरिए राक्षसी भावबाट खोलनाला कराए कलकल जगमा सम्झिँदै देवमाता ।१।🌷🙏🌺 दायाँबायाँ डुलेका बखत बखतमा कंसका सूत्रधार तानातानी असाध्यै गडबड गतिलो राक्षसी सूत्रपात हेर्दा हेर्दै छकाए छमछम नटुवा नाच्दछन् मध्यरात…
तितोपाटी- रोजगारीका लागि कुवेत आएका एक नेपालीको शुक्रबार मृत्यु भएको छ। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ४ डुंगा घर भई लामो समयदेखी कुवेतमा कार्यरत यम ठकुरीको कुवेतस्थित आदान अस्पातलमा मृत्यु भएको हो। उच्च रक्तचापका कारण केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका ठकुरीको, १९ मार्च शुक्रबारको दिन बिहान मृत्यु भएको…
आफूभन्दा मुनि दुई भाइ र एक वर्षकी सानी बहिनी जानकीको पोल्टामा सुम्पेर उनकी आमा परलोक हुँदा ऊ केवल १३ वर्षकी मात्र थिइ। कक्षा सातमा पढ्दै गरेकी जानकीको टाउकोमा पहाड खसेको थियो । जस्तै परिस्थिति पनि मान्छेले सामना गर्नैपर्ने प्राकृतिक नियमानुसार नै जानकीले पनि परिस्थितिसँग जुध्न थाली। अन्तिम श्वास लिदै गर्दा…
आर.बि.बुढाथोकी - नेपालमा राणाहरुको छुट्टै पहिचान छ। कुनै जमाना श्री ३ महाराज भएर १०४ बर्ष राज्य सत्ता चलाएका राणाहरुको खानपानमा आफ्नै चुला चौको र स्वाद छ । उनीहरुको आफ्नै रैथाने बर्ग समाज र रहन सहन छ । टेस्ट अफ रोयल भने झै दरबारिया खानपानका बिषय जान्ने बुझ्ने रहर कसलाई नहोला…
यसैपनि कहिले काँही राम्रा,नराम्रा कुरा हुन्छ्न नैं । धेरै दिनपछि एउटा लेख प्रकासन भएको रहेछ,समीरको । भर्खर लेख्दै गरेको समीरको लेख प्रकासन भएको हुँदा खुसीको सीमा पनि थिएन । परदेशमा फुर्सदको समय सदुपयोग गर्दैथियो । आफ्नो लेख प्रकासन भएपछि ऊ,मेरो नजिक आएर कमेन्ट, लाइक शेहर गर्दिनु भन्यो । मैले पनि…
तीतोपाटी - कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दूर्गाप्रसाद (दीपक जैसी)तिम्सिनालाई शनिवार रिहा गरिएको छ। उनलाई रिहा गर्न कोलकाता स्थित उच्च अदालतले बुधवार साँझ आदेश दिएको थियो। नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवार देखि शुरु…
तितोपाटी- औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिन लाई आकस्मिक प्रयोगका लागि अनुमति दिइएको हो । यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन्…
तितोपाटी- सुर्खेतको गुरुवाकोट–११ का खडक विक भारत पसेको तीन महिनामै कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन्। भारतमा लकडाउनको हल्ला चलेसँगै विक मात्र होइन, उनीसहित सुर्खेतका १२ युवाको टोली शुक्रबार नेपाल फर्किएको हो। उनीहरू भारतको महाराष्ट्र प्रदेशको पुनामा होटल र विभिन्न कम्पनीमा काम गर्थे। ‘त्यहाँ कोरोना बढेको छ, फेरि लकडाउन…
![]()