Wednesday 21st October 2026

जर्मनीमा हेरचाह केन्द्रमा संदिग्घ व्यक्तिले गोली चलाउँदा ६ जनाको मृत्यु


जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। सबै मृतकहरू हेरचाह केन्द्रका कर्मचारी (४ महिला र २ पुरुष) रहेका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न मुख्य संदिग्ध ४५ वर्षीय जर्मन नागरिक (टर्की मूलका) हुन्, जसलाई अर्को एक व्यक्तिसहित पक्राउ गरिएको छ। घटनापछि उनी भाग्ने क्रममा पक्राउ परेका थिए र अन्य कुनै आरोपित फरार छैनन्।
प्रारम्भिक अनुसन्धानले यो घटना “पारिवारिक विवाद”सँग सम्बन्धित भएको देखाएको छ। विशेष गरी बच्चाको अभिभावकत्वको विषयमा विवाद यसको प्रमुख कारण मानिएको छ।
गोलीकाण्डका बेला संदिग्धकी ३ महिनाकी छोरी र आमासमेत त्यहीँ रहेका भए पनि उनीहरू सुरक्षित रहेका छन्।
अधिकारिहरूले यस घटनामा कुनै राजनीतिक वा आर्थिक उद्देश्य नभएको बताएका छन् र यसलाई अत्यन्त क्रूर पारिवारिक हिंसाको घटनाको रूपमा व्याख्या गरेका छन्।

https://www.dw.com/en/germany-at-least-6-killed-in-shooting-in-stade/a-77754951


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...