Thursday 15th October 2026

चीनका उच्चस्तरीय नेता काठमाडौं किन आउँदैछन्?


चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन्। स्वर्णिम वाग्ले नेतृत्वको आर्थिक टोलीसँग हुने भेटवार्तासहित यो नेपाल मा नयाँ सरकार गठनपछि चीन बाट हुन लागेको पहिलो उच्चस्तरीय भ्रमण हो।

भ्रमणको मुख्य उद्देश्य नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुनु हो। मंगलबार हुने बैठकमा द्विपक्षीय व्यापार विस्तार, आर्थिक सहयोग, प्राविधिक सहायता, सीमा–पार कनेक्टिभिटी, पूर्वाधार विकास तथा लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल हुने कार्यक्रम छ।

भ्रमणका क्रममा यान दोङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि शिष्टाचार तथा औपचारिक भेटवार्ता गर्नेछन्। यी भेटहरूमा विकास परियोजना, व्यापार सहजीकरण, लगानी र द्विपक्षीय सहकार्यलाई अगाडि बढाउने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

यो भ्रमणलाई नेपाल–चीन सम्बन्ध सुदृढ गर्ने प्रयासका साथै बदलिँदो क्षेत्रीय कूटनीतिक सन्तुलनका सन्दर्भमा पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ। विशेषगरी नयाँ सरकार गठनपछि चीनसँगको आर्थिक सहकार्य, पूर्वाधार विकास र व्यापारिक सम्बन्धलाई कुन दिशामा अघि बढाइन्छ भन्ने दृष्टिले यस भ्रमणलाई चासोका साथ हेरिएको छ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

प्रतिकृयाहरू
...