Friday 16th October 2026

उच्च रक्तचापका कारण कुवेतमा एक नेपालीको मृत्यु


तितोपाटी- रोजगारीका लागि कुवेत आएका एक नेपालीको शुक्रबार मृत्यु भएको छ। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ४ डुंगा घर भई लामो समयदेखी कुवेतमा कार्यरत यम ठकुरीको कुवेतस्थित आदान अस्पातलमा मृत्‍यु भएको हो।

उच्च रक्तचापका कारण केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका ठकुरीको, १९ मार्च शुक्रबारको दिन बिहान मृत्‍यु भएको कुवेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

७ बर्ष देखी कुवेतमा विभिन्न कम्पनीमा, कार्यरत रहेका ३० बर्षिय ठकुरी केही दिन देखी उच्च रक्तचापका कारण कुवेतको आदान अस्पतालमा उपचाररत रहेका थिए।

ठकुरीको मृत्यु बारे कुवेत स्थित नेपाली दूतावासलाई प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत कम्पनी र मृतकको परिवार संग समन्वय गरी सवलाइ सके सम्म छिटो नेपाल पठाइने दूतावासका दृतिय सचिब श्री कृष्ण सिलवालले जानकारी दिएका छन्।

उच्च रक्तचापको कारण कुवेतको आदान अस्पातल भर्ना भएका ठकुरीको निधनको खबरले परिवार शोकमा डुबेको छ। घरमा मृतकका श्रीमती र एक छोरा छन्।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...