Saturday 10th October 2026

४० वर्ष भारतको जेलमा बसेका इलामका दूर्गाप्रासद (दीपक जैसी) थुनामुक्त


तीतोपाटी – कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दूर्गाप्रसाद (दीपक जैसी)तिम्सिनालाई शनिवार रिहा गरिएको छ। उनलाई रिहा गर्न कोलकाता स्थित उच्च अदालतले बुधवार साँझ आदेश दिएको थियो।

नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवार देखि शुरु भएको थियो।

प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको हो।

दीपक २० वर्षको उमेरमा बि.सं. २०३७ सालमा इलामबाट हराएका थिए भने केहि महिना अघि भारतको कोलकाताको एउटा कारागारमा भेटिएका थिए ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको उनको चार दशकसम्म सुनुवाइ हुन नसक्दा जेलमै उनको जीवन बरवाद भइरहेको थियो । उनी सन् १९८० मा भारतको दार्जिलिङबाट कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थिए । ४० वर्ष सम्म उनी विरूद्धको मुद्दा पेशी नै नचढेपछि उनी मानसिक रूपमा समेत निकै कम्जोर भएको बताइएको छ । सोही कारण देखाइ कोलकाता उच्च अदालतले उनलाइ रिहा गरेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...