Monday 19th October 2026

सरकारद्वारा ‘कोभ्याक्सिन’ खोपलाई पनि प्रयोगको अनुमति


तितोपाटी- औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिन लाई आकस्मिक प्रयोगका लागि अनुमति दिइएको हो ।

यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन् । यसअघि कोभिसिल्ड र सिनोफार्मले आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेका छन् ।

थप दुई कम्पनीले नेपालमा प्रयोगका लागि दुईवटा कम्पनीले निवेदन दिएका छन् । रसियन कम्पनी स्पुतनिक र चाइनिज कम्पनी सिनोभ्याक्सले विभागमा निवेदन दिएका छन् । उक्त निवेदन माथि विभागको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ । नेपालमा अहिलेसम्म कोभिसिल्ड खोप मात्रै प्रयोग भैरहेको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...