Thursday 9th July 2026

लघुकथाः “जानकी” -पुष्पा नेपाल (सुवेदी)


आफूभन्दा मुनि दुई भाइ र एक वर्षकी सानी बहिनी जानकीको पोल्टामा सुम्पेर उनकी आमा परलोक हुँदा ऊ केवल १३ वर्षकी मात्र थिइ।
कक्षा सातमा पढ्दै गरेकी जानकीको टाउकोमा पहाड खसेको थियो । जस्तै परिस्थिति पनि मान्छेले सामना गर्नैपर्ने प्राकृतिक नियमानुसार नै जानकीले पनि परिस्थितिसँग जुध्न थाली।

अन्तिम श्वास लिदै गर्दा उस्की आमाले “जानकी सानी बहिनीको राम्रो हेरचाह गरेर हुर्काउनु र पढाएर ठूलो मान्छे बनाउनु है” भनेको कुरा सम्झदै बहिनीलाई रातभरि काखमा राखेर आँशुको दहमा डुबिरहन्थी।

समयले उस्को घाउमा मल्हम लगाएर पुरिदिदै थियो । ऊ भने साना भाइबहिनीहरुको सेवामा यति तल्लिन भई कि उस्ले आफ्नो पढाइ पनि छोडिसकेकी थिइ । भाइबहिनीहरुको हेरचाह, मेलापात, घरधन्दा सबै उसैको जिम्मामा थियो । हुनत बाबुले सौतेनी आमा पनि भित्र्याईसकेका थिए तर पनि सारा कुराको बोझ भगवानले उसैका लागि बनाइदिएको प्रतित हुन्थ्यो ।

उसकी बहिनीले गाउँकै विद्यालयबाट एसएलसी पास गरेर शहरतिर पढ्न हिड्दा उस्लाई आमाले आएर “स्याबास जानकी” भने झै लागिरहेको थियो र यति खुशी थिइकी, लाग्थ्यो बहिनी भन्दा बढी ऊ नै खुशी छे।

तर मान्छेले चाहेजस्तो कहाँ हुन्छ र! निष्ठुरी त्यो शहरले उसकी बहिनीको रङ फेरिदिइसकेको थियो । बहिनीले पढाइ सकेर जानकीलाई खबरै नगरी शहरिया राजकुमारलाई आफ्नो बनाई सकेकी थिइ र बिर्सिसकेकी थिइ, आमा बनेर हुर्काउने दिदी अनि ऊ जन्मेको गाँउ।

यता जानकी बहिनीको खुशीमा रमाउँदा रमाउँदै आफ्नो जवानी कहिले आएर सकियो? खुशी कता हरायो? थाहा पाउनै सकेकी थिइन ।
उमेरले नेटो काटिसकेकी जानकीलाई एकदिन उसकै बाबु र सौतेनी आमाले यौटा विदुरको साथ लगाएर पठाइदिए । लोग्नेको घरमा पनि सौताले उसलाई उपहारमा छोडेकी स-साना नानीहरूको स्याहार सुसारमा दिनहरू बिताउन थाली,आफ्नै आमाको आशीर्वाद सम्झेर।

पुष्पा नेपाल (सुवेदी )
इलाम


सम्बन्धित शीर्षकहरु

जैविक विविधताले पृथ्वीलाई जीवन्त र समृद्ध बनाउनुका साथै मानव सभ्यताको अस्तित्व र विकासको आधार तयार गर्छ। पछिल्ला वर्षहरूमा चीनले लागू…

अमेरिकी राष्ट्रपति Donald Trumpका पछिल्ला दुई सार्वजनिक अभिव्यक्तिले मध्यपूर्वमा युद्धविरामको भविष्यप्रति गम्भीर प्रश्न खडा गरेका छन्। पहिलो अभिव्यक्तिमा उनले अमेरिका…

कुवेतस्थित नेपाली दूतावासको एक सामान्य दिनमा पनि धेरै कथाहरू चलिरहेका हुन्छन्। गत साता त्यस्तै एउटा क्षणमा एक कर्मचारी सँग भइरहेको…

प्रतिकृयाहरू
...