Monday 26th October 2026

रूसी ऊर्जा केन्द्रमा आक्रमण रोक्न युक्रेनलाइ ट्रम्पको आग्रह


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसका डिजेल भण्डार र ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न आग्रह गरेका छन्। ट्रम्पका अनुसार यस्ता आक्रमणका कारण विश्व बजारमा डिजेलको मूल्य बढ्न सक्छ।

तर ऊर्जा क्षेत्रका विज्ञहरूले डिजेल महँगिनुको कारण युक्रेनका आक्रमण मात्र नभई रूसले गरेको निर्यात प्रतिबन्ध र हर्मुज जलडमरूमध्यमा देखिएको अवरोध पनि रहेको बताएका छन्।

यसैबीच, रूसले ट्रम्पको सुझावलाई स्वागत गर्दै आफूविरुद्ध लगाइएका प्रतिबन्ध हटाउनुपर्ने माग दोहोर्‍याएको छ। युक्रेनले भने रूसी आक्रमणको सामना गर्न आफ्नो रक्षा रणनीतिअन्तर्गत ऊर्जा तथा सैन्य संरचनामा आक्रमण गर्नुपरेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...