Monday 5th October 2026

रूसी ऊर्जा केन्द्रमा आक्रमण रोक्न युक्रेनलाइ ट्रम्पको आग्रह


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसका डिजेल भण्डार र ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न आग्रह गरेका छन्। ट्रम्पका अनुसार यस्ता आक्रमणका कारण विश्व बजारमा डिजेलको मूल्य बढ्न सक्छ।

तर ऊर्जा क्षेत्रका विज्ञहरूले डिजेल महँगिनुको कारण युक्रेनका आक्रमण मात्र नभई रूसले गरेको निर्यात प्रतिबन्ध र हर्मुज जलडमरूमध्यमा देखिएको अवरोध पनि रहेको बताएका छन्।

यसैबीच, रूसले ट्रम्पको सुझावलाई स्वागत गर्दै आफूविरुद्ध लगाइएका प्रतिबन्ध हटाउनुपर्ने माग दोहोर्‍याएको छ। युक्रेनले भने रूसी आक्रमणको सामना गर्न आफ्नो रक्षा रणनीतिअन्तर्गत ऊर्जा तथा सैन्य संरचनामा आक्रमण गर्नुपरेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...