Monday 26th October 2026

भोटेकोसी बाढीमा ४ खर्बभन्दा बढी क्षति


भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लाहरू प्रभावित भएका छन्। हालसम्म १ हजार ३८८ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना अझै बेपत्ता छन्। साथै १३ हजार ७२८ जनाको उद्धार गरिएको छ।

बाढीले ७ हजार ५७० घर, १८ विद्यालय, ७ स्वास्थ्य संस्था, ३० सांस्कृतिक तथा धार्मिक स्थल, सडक, पुल, खानेपानी, विद्युत् र सञ्चार संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

कृषि, पशुपालन, माछापालन तथा व्यापार व्यवसाय पनि प्रभावित भएका छन्। हजारौं पशुपन्छी, बाली तथा करिब ४,८०० व्यवसाय प्रभावित भएको अनुमान छ।

अध्ययनअनुसार यो बाढी भारी वर्षाका कारण नभई चीनतर्फको हिमाली क्षेत्रमा हिउँ र चट्टान खसेर उत्पन्न भएको हिमनदीजन्य बाढी (Glacial Flood) का कारण आएको हो। बाढी अत्यन्त तीव्र गतिमा बगेर केही घण्टामै रसुवादेखि देवघाटसम्म पुगेको थियो।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...