Monday 5th October 2026

अन्तरिक्षमा अमेरिकी हतियार: स्पेस फोर्सले पहिलो पटक गर्‍यो पुष्टि


अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार यी हतियारहरू अमेरिका र उसका सहयोगी देशहरूलाई सम्भावित आक्रमणबाट जोगाउन राखिएका हुन्। अमेरिकाले चीन र रुसबाट अन्तरिक्ष क्षेत्रमा बढ्दो चुनौती सामना गरिरहेको बताएको छ।

स्पेस फोर्सका अधिकारीहरूले चीनले अन्तरिक्षमा प्रयोग हुने आधुनिक हतियार तथा प्रतिरक्षा प्रणाली तीव्र रूपमा विकास गरिरहेको र रुसले पनि अन्तरिक्षलाई भविष्यको युद्धको महत्वपूर्ण क्षेत्रका रूपमा हेर्ने गरेको बताएका छन्।

अमेरिकी वायुसेना सचिव ट्रोय मेइन्कले अन्तरिक्षमा प्रभुत्व कायम राख्न अमेरिका तयार रहनुपर्ने बताए। उनले आवश्यक परे शत्रुको खतरा रोक्न सक्ने क्षमता अमेरिकासँग रहेको दाबी गरे।

अमेरिकाले अन्तरिक्षमा राखिएका दुई प्रणालीबारे जानकारी दिएको छ:

स्पेस-बेस्ड इन्टरसेप्टर प्रोग्राम: मिसाइल रोक्न प्रयोग हुने प्रणाली।
स्पेस-बेस्ड एयर-मुभिङ टार्गेट इन्डिकेशन कन्स्टेलेसन: आकाश वा भूमिमा हुने गतिविधि निगरानी गर्ने प्रणाली।

तर, यी हतियार कसरी काम गर्छन्, परीक्षण गरिएको छ वा छैन भन्ने विषयमा अमेरिकाले थप विवरण सार्वजनिक गरेको छैन।

श्रोतः https://www.independent.co.uk/space/us-space-weapons-first-time-b3050226.html


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...