Monday 21st April 2025

कुवेतमा सबारी दुर्घटनामा नुवाकोटका सन्त बहादुरको मृत्‍यु


हरि कृष्ण न्यौपाने- नुवाकोट बेलकोट गढी नपा-१३ घर भई कुवेतमा सबारी चालकको रुपमा कार्यरत सन्त बहादुर तामाङको सडक दुर्घटनामा मृत्‍यु भएको छ।हिजो डिसेम्बर २२ तारिक, शनिबार,२०१८का दिन आँफैले चलाएको गाडी ठोक्किएर कुवेतको ३० नं सोइबा रोडमा सन्त बहादुरको मृत्‍यु भएको हो । 

कल्याणकारी नेपाली यूबा समाज कुवेतका उपाध्यक्ष तथा मृतक संगै एकै कम्पनीमा काम गर्ने प्रदिप कार्कीले तितोपाटी डट कम सँग भने “सन्त बहादुरले आँफैले चलाएको गाडी अनियन्त्रित भएर ठोक्किए पछीको सडक दुर्घटनामा उनको मृत्‍यु भएको हो ।हिजो दिउसो करिब २:३० बजे सबारी दुर्घटनामा परेका उनलाई कुवेत प्रहरीको सहयोगमा कुवेतको अदान अस्पातलमा पुर्याइएकोमा साँझ ६ बजे तिर डाक्टरले उनलाई मृत घोषित गरेका थिए। उनले थपे “सबै संग मिलनसार सन्तबहादुरको आकास्मिक निधनले हामी साथीभाइ तथा मृतकको परिवार भावविव्हल छौ।” 

नेपाली दूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कम भने, ” मृतक  सन्तबहादुर तामाङको पासपोर्ट तथा अन्य कागजात दुताबासले प्राप्त गरी सकेको र उनको शव पठाउने प्रकृया शुरु गरिसकिएको छ। मृतक कार्यरत कम्पनी संग समन्वय गरेर शवलाई छिट्टै पठाइने तथा सडक दुर्घटना बिमाका लागि परिवारको मन्जुरीनामा लिएर प्रकृया अगाडि बढाईने छ। 

सिटीबस कम्पनी हुँदै बिगत ३ वर्ष देखी एसीको (ACICO) कम्पनीमा कार्यरत राहदानी नं- ०६०५८४२२ का मृतक सन्त बहादुरको घरमा २ छोरी,१ छोरा र श्रीमती रहेका छन। 

 


सम्बन्धित शीर्षकहरु

उत्तरी बंगलादेशका एक प्रमुख हिन्दू नेता भावेश चन्द्र रोयको अपहरण गरी हत्या गरिएको छ। यो घटनापछि भारतले बंगलादेशप्रति कडा असन्तुष्टि…

बंगलादेश र पाकिस्तानबीच विदेश सचिवस्तरीय बैठकहरू नियमित रूपमा हुने भनिएको थियो। तर यसपटक यो लगभग १५ वर्ष पछि आयोजना गरिएको…

शिकागो: बहिरा र श्रवणशक्ति कमजोर भएका समुदायका सदस्यहरूसँग शिक्षकको रूपमा काम गर्दा एक साउदी कृत्रिम बुद्धिमत्ता विद्वानलाई प्रविधिले संसारसँग कुराकानी…

प्रतिकृयाहरू
...