Friday 24th July 2026

नवलपरासीका केशब कुवेत अाएकै दिनदेखि सम्पर्कविहिन, खोजीका लागि अाग्रह


तितोपाटी – वेदेशिक रोजगारीको क्रममा कुवेत अाएका एक नेपाली युवा कुवेत अाएकै दिनदेखि हराएका छन् । नवलपरासी जिल्लाको वैदीकाली गाउँपालिका – ३ घर भएका राहदानी नंं. ०९४५४००४ का केशबराज मस्राङ्गी मगर कुवेत अाएकै दिन देखि सम्पर्क विहिन भएका हुन । उनी गत नोभेम्बर १२ तारिक  Sun & Company Pvt. Ltd. अनामनगर काठमाण्डु मार्फत कुवेतको United Gulf Construction Company कुवेतमा रोजगारीका लागि अाएको बुझिएको छ । सो कुराको जानकारी कुवेत स्थित कल्याणकारी नेपाली युवा समाज कुवेतका सचिव रवि रार्इले तितोपाटी डट कम दिएका हुन ।

३० वर्षीय मस्राङ्गी पहिलो पटक वैदेशिक रोगजारीमा अाएका भने होइनन् । उनी यस अघि कतार र साउदीमा समेत रोजगारीमा गएर फर्किसकेका युवा हुन । खाडी मुलुकको रोजगारीको अनुभव भर्इ सकेका उनी कुवेतमा काम गर्न अाएको कम्पनी भन्दा बाहिर धेरै तलब पाइने अाशामा कुवेत अाएकै दिन भागेको कुवेत स्थित कम्पनीले अारोप लगाएको छ भने कुवेत एयरपोर्टमा उनलार्इ लिन गएको ड्राइभरका अनुसार उनले कम्पनीको क्याम्पमा अाउने बित्तिकै ‘म सामुहिक रूपमा बस्दिन, मलार्इ एक्लै बस्न छुट्टै कोठा दिनुपर्छ’ भन्ने जस्ता कुरा गरेको भन्ने सुन्नमा अाएकोले उनको मानसिक स्थिति बिग्रिएकोले कम्पनी छोडेको हुन सक्ने बताउँदै केशबराजलार्इ खोजी गर्नको लागि नेपाली राजदूतावास कुवेत, कुवेतमा रहेका पत्रकारहरू र कुवेतमा कृयाशिल संघ सँस्था एवं केशबराज मस्राङ्गी मगरलार्इ चिन्नु हुने सबैलार्इ कल्याणकारी युवा समाज कुवेतका सचिव रवि रार्इले अाग्रह गरेका छन् ।

उता देश परदेश अनलाइनमा प्रकाशित समाचारका अनुसार नेपालमा श्रीमती, एक छोरा र एक छोरी  रहेका केशबराज कुवेत अाएकै दिन देखि सम्पर्क विहिन भएपछि घर परिवार अतालिएको छ भने पछिल्लो समय  उनी कहाँ छन् र कस्तो अवस्थामा छन् बुझिदिन परिवारले आप्रवासी स्रोत केन्द्र (सुरक्षित आप्रवाशन सुचना तथा परामर्श केन्द्र) कावासोतीमा निवेदन दिएको पनि बुझिएको छ भने केशबराज मश्रांगी मगरलाई कुवेतमा देख्नु भएको छ भने  रहेका उनका परिवारलार्इ मोवाइल नं.  ९८४४७४९१७७ मा, आप्रवासी स्रोत केन्द्र कावासोतीको टेलिफोन नम्वर ०७८-५४०३११ मा वा कुवेतमा स्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको सम्पर्क नं. ६०४६९९६६ तथा ९६९६३२२५ मा खबर गरिदिन कल्याणकारी नेपाली युवा समाज कुवेतले अाग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...