Wednesday 29th July 2026

“गिनिज बुक अफ वर्ल्ड रेकर्ड” मा दर्ज भर्इन् बन्दना नेपाल


तितोपाटी – धनकुटाकी १७ वर्षीया बन्दना नेपालले लगातार १ सय २६ घण्टा नाचेर ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गराएकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाकी नेपालले गत मंसिर ७ गते शुक्रबारबाट लामो समयसम्म नाचेर विश्व कीर्तिमान कायम राख्ने उद्देश्यसहित बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा नाच्दै आएकी थिईन। उनले बुधबार दिउँसो ३ बजेसम्म नाचेर १ सय २६ घण्टा पु-याई विश्व कीर्तिमान राखेकी हुन्। यसअघि गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान भारत केरलाकी कलामण्डलम हेमालथाको नाममा छ।

नेपाल फाउण्डेसनका सह–संयोजक सन्तोष लामाले नेपालले लामो समयसम्म नाचेर विश्व कीर्तिमान राखेको घोषणा गरेका थिए। ‘लगातार नाच्दै आएकी नेपालले दिउँसो ३ बजेसम्म नाचेर १ सय २६ घण्टा पु-याई विश्व कीर्तिमान राखेकी छिन्। नेपालले यो देशलाई विश्वसामु चिनाउन सफल भएकी छिन्,’लामाले भने।

उनका अनुसार लगातार नाच्दै आएकाले निन्द्राका कारण मंगलबार बन्दना बेलुकी १ बजे स्टेजमै ढलेकी थिईन। ‘उनले साहस नहारी मरेपनि यही स्टेजमै मर्छु बाँचेपनि यही स्टेजमा बाच्छु। यो देशलाई विश्व सामु चिनाएरै छोड्छु भनी फेरी उठेर नाच्न थालिन्,’ लामाले भने।

भारतकी हेमालथाले सन् २०१० मा १ सय २३ घण्टा १५ मिनेट नाचेर गिनिजमा नाम राखेका थिए। बन्दनाले भने त्यो समयभन्दा बढी नाचेर उनको नामलाई ब्रेक गरिदिएका छन्। नेपाली भेषमा नृत्य गरेकी बन्दनाले अहिले लोप हुँदै गरेका नेपाली मौलिक गीतमा मात्रै नाचेकी थिईन।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालले विश्व कीर्तिमान कायम गरेर नेपाललाई नै विश्व सामु चिनाएको बताए। ‘आजदेखि नेपालले हाम्रो देश विश्वसामु चिनाएकी छन्। अब विश्वले नेपाल मात्रै होईन, बन्दना नेपाल देश भनेर चिन्ने छन्।’ पूर्वप्रधानमन्त्री नेपालले भने।

नेपाललाई ४–४ घण्टापछि मात्रै १० मिनेट आराम गर्ने समय दिइएको थियो। उनले लगातार ७ गतेबाट १२ गतेसम्म उनले ५ रात ६ दिन नाचेकी थिईन्। कार्यक्रममा उनका आमाबुवा, हजुरआमा र भाइसमेत उपस्थित थिए।

उर्जा मन्त्री वर्षमान पुन र पर्यटन तथा संस्कृत मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरेपछि गत शुक्रबार बिहान ९ बजेबाट नेपालले नाच्न सुरु गरेकी थिइन्। सानैबाट नृत्यमा रूचि राख्ने बन्दनाले म्युजिक भिडियो र विभिन्न गीतको कोरियोग्राफीसमेत गर्दे आएकी छन्। बन्दना नाचेको समय हेर्न सिर्जना अधिकारी, मनिषा राणाभातलगायत ६५ जना अन्तर्राष्ट्रिय खेलाडीहरू रहेका थिए।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...