Wednesday 23rd July 2025

सरकारले संखधर साख्वा सग्रहालय बनाउने


तितोपाटी – सरकारले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ट जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित नेपाल संवतको शुभारम्भ कार्यक्रममा बोल्दै उनले शंखधर साख्वाको संग्राहलय स्थापनाका लागि स्थानीय नगरपालिकालाई जग्गा व्यवस्था तत्काल गर्न पनि आग्रह गरे । त्यस अवसरमा मन्त्री पण्डितले शंखध्वर साख्वाले गरिव जनताको ऋणमोचन गरेर ऐतिहासिल योगदान दिएको पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय चाडको रुपमा घोषणा गर्न सरकारसँग माग गरे । उनले सरकारले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिन ढिलाई नगर्ने विश्वास पनि व्यक्त गरे ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिने गरी सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताए ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा नवविवाहित जोडीको त्रासदीपूर्ण हत्या गर्ने ११ जना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ क्यूएट्टा, पाकिस्तान, जुलाई २१, (एपी): दक्षिणपश्चिम पाकिस्तानको…

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

प्रतिकृयाहरू
...