Wednesday 7th October 2026

तीन वर्षको युद्धपछि गाजा: पूर्वाधार ध्वस्त, लाखौं नागरिक विस्थापित


हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय संकटमा परेको छ। युद्धका कारण हजारौं भवन, बस्ती, विद्यालय, अस्पताल तथा पूर्वाधार ध्वस्त भएका छन् भने लाखौं मानिस विस्थापित भएका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ। सन् २०२५ मा युद्धविराम घोषणा भए पनि हिंसा पूर्ण रूपमा रोकिएको छैन र त्यसयता पनि सयौं मानिस मारिएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार गाजाका अधिकांश नागरिक अझै अस्थायी टहरा र पालमा बस्न बाध्य छन्। खानेपानी, बिजुली, स्वास्थ्य सेवा तथा खाद्यान्नको अभावले दैनिक जीवन अत्यन्त कठिन बनेको छ।

युद्धले गाजाको अर्थतन्त्रलाई पनि धराशायी बनाएको छ। अधिकांश उद्योग, व्यवसाय र कृषि क्षेत्र नष्ट भएका छन् भने बेरोजगारी दर ७८ प्रतिशत पुगेको बताइएको छ।

शिक्षा क्षेत्रमा समेत गम्भीर असर परेको छ। करिब ९८ प्रतिशत विद्यालय क्षतिग्रस्त वा ध्वस्त भएका छन्, जसका कारण लाखौं बालबालिका नियमित शिक्षाबाट वञ्चित भएका छन्।

स्वास्थ्य प्रणाली पनि लगभग पतनको अवस्थामा पुगेको छ। गाजाका ३६ मध्ये अधिकांश अस्पताल क्षतिग्रस्त भएका छन् र सञ्चालनमा रहेका अस्पतालहरू पनि औषधि तथा उपकरण अभावले संघर्षरत छन्।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...