Monday 12th October 2026

बाढीपीडितका लागि एनआरएनए कुवेत मार्फत १५७८ कुवेती दिनार राहत


नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतको पहलमा विभिन्न व्यक्ति तथा संस्थाबाट जम्मा १ हजार ५७८ कुवेती दिनार संकलन भएको छ। संकलित रकममध्ये २०७ कुवेती दिनार नेपाली दूतावास कुवेतमार्फत प्रधानमन्त्री राहत उद्दार कोषमा जम्मा गरिएको र १ हजार ३७१ कुवेती दिनार एनआरएनए केन्द्रको खातामा जम्मा भएको जनाइएको छ।

एनआरएनए कुवेतले उक्त राहत रकम नेपालका बाढी तथा पहिरो प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायमार्फत हस्तान्तरण गर्ने जनाएको छ।

राहत अभियानमा कुवेतस्थित नेपाली समुदायका ८८ जना दाताले सहयोग गरेका छन्। दाताहरूले मानवीय संवेदनासहित विपद्मा परेका नेपालीको सहयोगका लागि रकम प्रदान गरेका हुन्।
सहयोगदाताहरूको नामावली यस प्रकार रहेको छः


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...