नेपाली राजदूतावास कुवेत र मेट्रो मेडिकल ग्रुपको सहकार्यमा खैतानस्थित मेट्रो मेडिकल केयरमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब १५० जना नेपाली नागरिक लाभान्वित भएका छन्।
सेप्टेम्बर १८ मा सम्पन्न शिविरमा नेपाली श्रमिकहरूको रक्तचाप, ब्लड सुगर र कोलेस्ट्रोल परीक्षण गर्नुका साथै चिकित्सकबाट निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।
कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले सहभागी नेपाली समुदायलाई स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्दै आगामी दिनमा कुवेतका विभिन्न क्षेत्रमा यस्ता शिविर विस्तार गरिने जानकारी दिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने मेट्रो मेडिकल ग्रुप, NRNA कुवेत, रोयल गाउँले रेष्टुरेन्टलगायत संघ–संस्था तथा स्वयंसेवकहरूलाई दूतावासले धन्यवाद दिएको छ। दूतावास र मेट्रो मेडिकलको सहकार्यमा यसअघि फाहहिल र साल्मियामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइसकेको छ।
![]()
![]()