Monday 14th September 2026

ओस्कारका लागि नेपाली फिल्म ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ छनोट


नेपाली चलचित्र‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ २०२७ मा हुने ९९औँ ओस्कार अवार्डको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय चलचित्र विधाका लागि नेपालको आधिकारिक प्रतिनिधि चलचित्र चयन भएको छ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले चलचित्रको कथा, प्राविधिक पक्ष, कलात्मक गुणस्तर र भावनात्मक प्रभावको मूल्याङ्कन गरेर यो निर्णय गरेको हो। छनोटका लागि‘गाैंथली’ र‘तिनीहरू’ गरी दुई नेपाली चलचित्र प्रतिस्पर्धामा थिए।

निर्देशक अभिनाश विक्रम शाहको यो चलचित्र यसअघि कान्स फिल्म फेस्टिभलको Un Certain Regard खण्डमा जूरी पुरस्कार जित्ने पहिलो नेपाली चलचित्र बनेको थियो।

यस अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले चलचित्र टोलीलाई बधाई दिँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न सफलताको शुभकामना दिएका छन्।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी विद्रोहीसँग भएको एक महिनाको भीषण संघर्षमा ५०० भन्दा बढी सरकारी सैनिक मारिएका छन् भने करिब…

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफ्नै ढंगले १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पूर्वसभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा सोमबार…

गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्रमा हिमताल तथा पहिरो खस्दा आएको भीषण बाढीले देशका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ।…

प्रतिकृयाहरू
...