Monday 31st August 2026

भोटेकोशी बाढीको कहर: ४,२४७ जना सम्पर्कविहीन, सुरुङमा फसेका सयौं कामदारको उद्धार जारी


रसुवाको भोटेकोशी नदीमा गत गत बुधबार १० भदाै २०८३ को बिहान आएको भीषण आकस्मिक बाढीपछि बेपत्ता हुने र ज्यान गुमाउनेको संख्या निरन्तर बढिरहेको छ। पछिल्लो विवरणअनुसार देशभर ४,२४७ जना सम्पर्कविहीन रहेका छन् भने कम्तीमा ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

उद्धारकर्मीहरू विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका सयौं कामदारसम्म पुग्न प्रयासरत छन्। त्रिशूली क्षेत्रस्थित आयोजनाको सुरुङमा सोमबार बिहान नियन्त्रणित विस्फोट गराई उद्धार मार्ग खुलाउने प्रयास गरिएको अधिकारीहरूले बताएका छन्।

प्राप्त जानकारीअनुसार नेपालभरका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ कामदार अझै बेपत्ता छन्। आइतबार सार्वजनिक गरिएको विवरणमा २,५०२ जना मात्र बेपत्ता रहेको उल्लेख गरिएको थियो, तर पछिल्लो तथ्यांकले बेपत्ताको संख्या उल्लेखनीय रूपमा बढेको देखाएको छ।

बेपत्ता भएकामध्ये ३,६५५ जना नेपाली नागरिक रहेका छन् भने ५९२ जना विदेशी नागरिकको अवस्था अझै अज्ञात छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान तीव्र पारिएको भए पनि पहिरो, अवरुद्ध सडक र प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

यस्तै, छिमेकी तिब्बतमा पनि बाढीको प्रभाव गम्भीर देखिएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार त्यहाँ १६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५४६ जना अझै बेपत्ता रहेका छन्।

प्रभावित क्षेत्रहरूमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइएको छ। अधिकारीहरूले जनधनको क्षति थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोशी नदीमा गत गत बुधबार १० भदाै २०८३ को बिहान आएको भीषण आकस्मिक बाढीपछि बेपत्ता हुने र ज्यान गुमाउनेको…

नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि सोमबारसम्म ४,७९३ जना बेपत्ता तथा ९१९ जनाको मृत्यु पुष्टि भएको छ। नेपालतर्फ ४,२४७…

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अत्यावश्यक बाहेक हेलिकोप्टर उद्धारको माग नगर्न तथा…

प्रतिकृयाहरू
...