Monday 5th October 2026

मलेसिया रोजगार प्रक्रियामा सिन्डिकेटको आरोप, श्रम मन्त्रालयको खण्डन


युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा केही वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सिन्डिकेट बनाउन चलखेल भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार जारी प्रेस विज्ञप्तिमा मन्त्रालयले यस्ता समाचार भ्रामक, आधारहीन र तथ्यहीन रहेको दाबी गर्दै वैदेशिक रोजगार क्षेत्रलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी तथा श्रमिकमैत्री बनाउने सरकारको प्रतिबद्धता दोहोर्‍याएको छ।

मन्त्रालयले कुनै पनि व्यवसायीको एकाधिकार कायम हुन नदिने स्पष्ट पार्दै नीति, कानुन र प्रक्रियागत सुधार तथा सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने कार्य भइरहेको जनाएको छ।

साथै, मलेसियासम्बन्धी उक्त विषयमा सम्बन्धित गन्तव्य मुलुकबाट हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले वैदेशिक रोजगारलाई स्वच्छ, नैतिक र प्रतिस्पर्धी बनाउन कूटनीतिक पहल जारी रहेको बताएको छ।

प्रवक्ता तथा सहसचिव पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा सबै सरोकारवालालाई अफवाह र भ्रमपूर्ण सूचनाबाट सचेत रहन आग्रह गरिएको छ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...