मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बनेकी हुन्।
यसैगरी, मिस नेपाल कस्मो २०२६ को उपाधि कशिस सुब्बाले तथा मिस नेपाल इन्टरनेसनल २०२६ को उपाधि आर्या निशान्तले जितेका छन्।
२४ वर्षीया दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल को उपाधि विजेता रहिसकेकी छन्। अर्थशास्त्रमा स्नातक गरेकी उनी लगानी रणनीतिकार, तेक्वान्दो ब्ल्याक बेल्ट खेलाडी तथा म्याराथन धावकसमेत हुन्।