Tuesday 22nd September 2026

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा तृतीय सचिव नविन पराजुलीलाई बिदाइ


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र निरेम प्रोडक्सन प्रालिले नेपाली राजदूतावास कुवेतका तृतीय सचिव नविन पराजुलीलाई सफल कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका अवसरमा सम्मान तथा बिदाइ गरेका छन्।

कार्यक्रममा महासंघका अध्यक्ष एकराज मल्लले पराजुलीले कुवेतमा कार्यरत नेपाली श्रमिक तथा समुदायको हकहित र समस्याको समाधानका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै उहाँको सक्रियता, समर्पण र सेवाको उच्च मूल्यांकन गर्नुभयो।

सो अवसरमा नेपाल पत्रकार महासंघ कुवेत शाखाले सम्मानपत्र र मायाको चिनो प्रदान गरेको थियो । त्यस्तै, निरेम प्रोडक्सन प्रालिका तर्फबाट पनि उहाँलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरिएको थियो।

कार्यक्रममा महासंघका पदाधिकारी तथा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पराजुलीको सहयोगी भावना, सरल व्यक्तित्व र कूटनीतिक दक्षताको प्रशंसा गर्दै उहाँको सुखद स्वदेश फिर्ती तथा आगामी कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गरेका थिए।


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...