Monday 8th December 2025

इजरायलमा मारिएका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि


तितोपाटी- इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपीनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए भने सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।

उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए । राति अबेर घरमा शव ल्याइपुर्‍याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गरिएको हो । दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल लगभग महिना दिन मै विपिन जोशीलाई  हमास लडाकुले  नियन्त्रणसँगै हत्या भएको थियो ।

 


सम्बन्धित शीर्षकहरु

काबुल: कमजोर युद्धविराम पछि छिमेकीहरूबीच तनाव बढ्दै जाँदा अफगानिस्तान र पाकिस्तानी सेनाबीच रातभर सीमा झडप भएको अफगानिस्तानका अधिकारीहरूले शनिबार बताएका…

इजरायल बाह्य मोर्चामा जति नै दबाबमा परे पनि, यसको सबैभन्दा ठूलो दीर्घकालीन चुनौती सीमापारिबाट होइन—घरभित्रबाट उठिरहेको छ। इजिप्ट, टर्की र…

राष्ट्रपति अहमद अल-शाराले शनिबार चेतावनी दिए कि दक्षिणी सिरियामा असैन्यीकृत क्षेत्रको लागि इजरायलको मागले उनको देशलाई खतरामा पार्न सक्छ, किनकि…

प्रतिकृयाहरू
...