Saturday 25th July 2026

अडियो काण्डमा मुछिएपछि मन्त्री गुप्ताले दिए राजिनामा


तितोपाटी-पछिल्लोपटक निक्कै चर्चामा रहेको घुस काण्डमा मुछिएका संघियमामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले आफ्नो पदबाट राजिनामा दिएका छन  घुस डिलसम्बन्धी अडियोमा मुछिएका मन्त्री गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। सोमबार  मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोधपुछ समेत  गरेका थिए।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडियो केही दिन पहिला  सार्वजनिक  भएपछि मन्त्री गुप्ताको राजीनामा मागियो थियो ।

उता मन्त्री गुप्ताले आफ्नो  सामाजिक संजाल फेशबुकमा यस्तो लेखेका छन 

बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ ।
कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु ।
प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।
अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्टाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

यमनको हुथी विद्रोही समूहले साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अराम्को का जिजान र यान्बु क्षेत्रमा रहेका सुविधामाथि क्षेप्यास्त्र तथा…

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापना हुँदा यसले यो क्षेत्रलाई शान्ति, समृद्धि र साझा विकासतर्फ लैजाने ठूलो आशा जगाएको…

प्रतिकृयाहरू
...