Monday 12th January 2026

दुतावासका सचिवद्वय गौतम र बिँडारीलाई FNJ कुवेतले गर्‍यो बिदाई


तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र सुजन बिँडारीलाई बिदाई गरेको छ। नेपाली दुतावास कुवेतमा प्रथम सचिवको रुपमा कार्यरत प्रेम राज गौतम करिब अढाई वर्षदेखि कुवेतमा नेपाली श्रमिक र समुदायको सेवामा सक्रिय रहँदै आएका थिए भने अर्का सचिव सुजन बिँडारी करिब डेढ वर्षदेखि कुवेतमा कार्यरत थिए। हालै दुवै सचिव द्वितीय श्रेणी उपसचिवमा बढुवा भई नेपाल फर्किन लागेका हुन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्लले दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सचिवद्वयको योगदानको प्रशंसा गरे। कुवेतमा रहँदा श्रमिक हितमा गरिएको क्रियाशील कार्यको उच्च प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको कामना गरेका थिए । सो अवसरमा निरेम प्रोडक्सन प्रालिद्वारा पनि सचिवद्वयलाई विशेष सम्मानपत्र सहित बिदाई गरिएको थियो। कुवेतमा कार्यरत रहँदा दुवै सचिवले सूचनाको सम्प्रेषण, श्रमिक समस्या समाधान तथा दूतावास सेवाको प्रभावकारितामा उल्लेखनीय भूमिका खेलेको भन्दै निरेम टिमले कदर व्यक्त गरेको छ ।कार्यक्रममा उपस्थित सञ्चारकर्मी, समाजसेवी तथा नेपाली समुदायका प्रतिनिधिहरूले पनि सचिवद्वयको योगदानको प्रशंसा गर्दै बिदाई कार्यक्रम गरेको थियो।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...