Tuesday 6th October 2026

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले मृगौला पीडितलाई पाँच लाख भन्दा बढी सहयोग


चन्द्र बिश्वकर्मा – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान १४ सेप्टेम्बर २०१८ शुक्रबार देखि बन्द गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया गरि जम्मा नेपाली रुपैया ५,०५,२१० ( पाँच लाख पाँच हजार दुई सय दस रुपैया ) सहयोग संकलन गरेको छ ।

कुवेतको नेपाली समाजमा हालसालै गठन भएको मोनाले दुबै मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि ३१, अगस्त २०१८ देखि दिपक छन्त्यालको संयोजकत्वमा आर्थिक संकलन अभियान शुरु गरेको थियो । हिजो जिलिबको पपिन्स हलमा एक कार्यक्रम गरि अभियान संयोजक दिपक छन्त्यालले उक्त रकम सस्थाका काेषाध्यक्ष कृष्ण खड्कालाई बुझाउनु भएको छ । सम्पुर्ण सहयोगी दाताहरुको नामावली र रकमको बिबरण पत्रकार तथा मोना म्याग्दीका तदर्थ समितीका महासचिव चन्द्र बिश्वकर्मा लाई बुझाइएको छ । केही दिनमै सस्थाका संयोजक प्रेम बहादुर बिश्वकर्मा र काेषाध्यक्ष कृष्ण प्रसाद खड्का नेपाल गएर उक्त रकम ओमकुमारी शान्ति कोषमा हस्तान्तरण गर्ने बताइएको छ ।

केहि समय पहिले देखि दुवै मृगौलाले काम गर्न नसकेर थलिएका सुरेश बचाउ अभियान ओमकुमारी शान्ति कोषबाट संचालन भइरहेको छ । भर्खर १९ वर्षका सुरेशको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुँदा स्वदेश तथा बिदेशमा आर्थिक संकलन भइरहेको छ । युवा अवस्था मै दुवै मृगौलाले काम गर्न छोडेपछि उनी लगायत उनका परिवारमा ठुलो चोत पुगेको छ । दुवै मृगौला पीडित सुरेशले डाइलाइसिस गरिरहेका छन ।

उक्त अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नैतिक, भौतिक र आर्थिक सहयोग गर्ने सम्पुर्ण सहयोगी महानुभावलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले धेरै – धेरै धन्यवाद प्रकट गरेको छ । शुक्रबार देखि मोना म्याग्दीले आर्थिक संकलन अभियान बन्द गरेको हुँदा कसैले पनि मोना म्याग्दीको तर्फबाट सहयोग संकलन नगरिदिनको लागि पनि अनुरोध गरेको छ ।

सुरेश बचाउ अभियानमा संकलित रकमकाे  बिबरण यस प्रकारकाे रहेकाे छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...