Monday 3rd August 2026

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका आगामी २९ अगष्टमा


नेपाल कुवेत साँस्कृतिक मञ्चले नेपाली महिलाहरूको विशेष चाड हरितालिका तीज विशेष सांगीतिक धमाका आगामी २९ अगष्ट २०२५ शुक्रबारका दिन जलिप स्थित अस्पाएर ईण्डियन सेन्टरल स्कुलको सभाहलमा आयोजना गर्ने भएको छ । मञ्चले तीज विशेष कार्यक्रमको लागि नेपालबाट अहिलेकी चर्चित कलाकार वहुप्रतिभावान गायिका, बेली डान्सर प्रिती आलेलाइ अतिथि कलाकारको रूपमा ल्याउन लागिएको मञ्चले जनाएको छ । कार्यक्रममा प्रिती आलेको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।

प्रिती नेपाली गीत संगीत प्रेमीहरूमाझ लोकप्रिय गायिका तथा डान्सर हुन् । सुनौलो स्वरकी धनी उनले आफ्ना गीतहरूमार्फत लाखौंको मन छुन सफल भएकी छिन् । विभिन्न विधामा छुट्टै प्रस्तुति दिन सक्ने शैलीका कारण चर्चामा रहने उनी संगीतको क्षेत्रमा बहुमुखी प्रतिभाकी धनि कलाकार हुन् । स्टेज कन्सर्ट होस वा बेली डान्सको प्रस्तुति होस वा तीजको गीत नै किन नहोस उनको कलाकारितामा निखार पाउन सकिन्छ ।

“हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने नाराका साथ गठन भइ कृयाशिल रहेको नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक वर्ष नेपाली महिलाहरुको महानचाड हरितालिका तिज विशेष सांगितिक धमाका गर्दै आएको छ। नेपाली कला, सांस्कृतिको संरक्षण, सम्वर्धन तथा सांगीतिक मनोरन्जन प्रदान गर्न प्रतिबद्ध रहेको नेपाल कुवेत साँस्कृतिक मञ्चले कहिले च्यारिटी सो त कहिले विशुद्द सांगितिक मनोरन्जन प्रदान गरेर नेपाली समाज कुवेतलाइ सांगीतिक तृष्णा मेटाउने कार्य गरिरहेको छ ।

तीज विशेष कार्यक्रममा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन र उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेको छ ।

कार्यक्रमको विवरण:

मिति :- अगष्ट २९ तारिक २०२५ शुक्रबार
स्थान :- अस्पाएर ईण्डियन सेन्टरल स्कुल, जिलिप
आयोजक :- नेपाल कुवेत साँस्कृतिक मञ्च


सम्बन्धित शीर्षकहरु

युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा केही वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सिन्डिकेट…

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण…

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क…

प्रतिकृयाहरू
...