Tuesday 10th February 2026

अछामको साँफे हाटबजारमा भीषण आगलागी


अछामको साँफे हाटबजारमा भीषण आगलागी भएको छ । शनिवार बिहान करिब ३ः३० बजे साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा बिद्युत सर्ट भएर आगालागी शुरु भएर करिब ६ः०५ बजे तिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । जिल्लामा दमकल नभएपछि आगलागी क्षेत्रमा रहेको एउटा पसल डोजरले भत्काएर अरू घरमा आगो सल्किन नदिएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन।
भण्डारीका अनुशार भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विद्युत् सर्ट भएर सल्किएको आगो होटेलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि ठुलो आर्थिक नोक्सानी भएको छ । क्षतिको विस्तृत विवरण सङ्कलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
तस्बिर:सामाजिक संजाल


सम्बन्धित शीर्षकहरु

साउदी अरबका रक्षामन्त्री तथा युवराज खालिद बिन सलमानले राजधानी रियादमा ‘विश्व रक्षा प्रदर्शनी (World Defense Show – WDS 2026)’ को…

नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा…

विश्व राजनीति यतिबेला एकैसाथ युद्ध, वार्ता, प्रतिबन्ध र आन्तरिक असन्तोष को जटिल घेराभित्र फसेको देखिन्छ। मध्यपूर्वको गाजा, ओमानमा भएको अमेरिका–इरान…

प्रतिकृयाहरू
...