Sunday 21st December 2025

अछामको साँफे हाटबजारमा भीषण आगलागी


अछामको साँफे हाटबजारमा भीषण आगलागी भएको छ । शनिवार बिहान करिब ३ः३० बजे साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा बिद्युत सर्ट भएर आगालागी शुरु भएर करिब ६ः०५ बजे तिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । जिल्लामा दमकल नभएपछि आगलागी क्षेत्रमा रहेको एउटा पसल डोजरले भत्काएर अरू घरमा आगो सल्किन नदिएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन।
भण्डारीका अनुशार भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विद्युत् सर्ट भएर सल्किएको आगो होटेलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि ठुलो आर्थिक नोक्सानी भएको छ । क्षतिको विस्तृत विवरण सङ्कलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
तस्बिर:सामाजिक संजाल


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...